Shittalpati
प्रभुको मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने

पाल्पा,  प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै भौतिक रुपमै उपस्थिति हुनु पर्ने बाध्यताको अन्त्य गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो ।
क्यास रिसाइकल मेसिनबाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । यो सेवा तत्कालकालाई बैंकको प्रधान कार्यालयबाट मात्र प्रवाह हुने छ ।

बैंकले विस्तारै देशभरका शाखाहरुमार्फत सेवा सञ्चालन गर्ने तयारी समेत गरेको छ । मेसिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेसिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट/भौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेसिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको बैंकले जनाएको छ । यो सुविधा अहिलेका लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुका लागि मात्र हुने छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update