Shittalpati
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।
व्यवसायी कक्षपतिको निधन
व्यवसायी कक्षपतिको निधन पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । बैंककको एक अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पामा मानवअधिकार अनुगमन समिति
पाल्पामा मानवअधिकार अनुगमन समिति जिल्लामा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार अनुगमन समिति गठन गरेको हो ।
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको जिप आज विहान दुर्घटना भएको हो ।
नैतिक राजनीतिको अवसान
नैतिक राजनीतिको अवसान लुम्बिनी प्रदेश सरकार र प्रदेशसभामा विगत केही महिनायता भएका घटनाक्रमले नैतिक राजनीति अवसानोन्मुख भएको देखाउँछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विमला वलीसँग जोडिएर सार्वजनिक भएका पछिल्ला घटनाले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको पनि बदनाम गरेको छ ।
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।
किसानलाई अनुदान रकम वितरण
किसानलाई अनुदान रकम वितरण गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई १९ लाख ५ सय ७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ ।
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।
एसइई अफर सार्वजनिक
एसइई अफर सार्वजनिक नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र पाल्पामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिइएको छ । जिल्लामा कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको हो ।
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे सामाजिक क्षेत्रमा सक्रिय रहेको पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व आएको छ । तानसेन नगरपालिका ३ भगवतीटोलमा रहेको टोल विकास संस्थामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको हो । संस्थाको तेस्रो अधिवेशनले सारदा पाण्डेको अध्यक्षतामा ९ कार्यसमिति चयन गरेको छ ।
Weather Update