Shittalpati
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’  बजारमा

पाल्पा, हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा ल्याएको हो ।
‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’ को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिँडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ । जसमा जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जीएलएक्स टु ह्वील ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यसको सुरुवाती भेरियन्ट जीएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल) को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ । अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टि एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद् यात्रा गराउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्रीतथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update