काँग्रेसमा सदस्यता विवाद टुंगियो
मंगलबार, भदौ ८, २०७८
पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन
मंगलबार, भदौ ८, २०७८
जिल्लामा दिनहुँ कोरोना निको हुनेहरुको संख्या बढ्दै गए पनि संक्रमणको दर भने घट्न सकेको छैन । समुदायस्तरमा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा निको हुने संख्या बढे पनि संक्रमणको दर घट्न नसकेको हो ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
मंगलबार, भदौ ८, २०७८
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मंगलबार, भदौ ८, २०७८
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
कोरोनाको मारमा जात्रा, महामारीकै बीच धानिँदै परम्परा
मंगलबार, भदौ ८, २०७८
विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ ।
कोरोनाको कहरमा ‘जात्रा’
मंगलबार, भदौ ८, २०७८
कोरोना महामारीका बीच हजारौं मानिस भेला भएर मनाईने धर्म र सांस्कृतिक महत्व बोकेका अधिकांस चाडपर्व तथा जात्राहरु सामान्य हिसावले मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्व विगत दुई वर्षदेखि पूर्ववत रुपमा मनाउन र सञ्चालनमा आउन सकेका छैनन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
सोमबार, भदौ ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत पनि केसीले विश्वासको मत पाएका हुन् ।
गुल्मीको इस्मामा एमालेका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश
सोमबार, भदौ ७, २०७८
गुल्मीको इस्मा गाउँपालिका – ३ दर्लामचौरमा नेकपा एमालेका दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
सोमबार, भदौ ७, २०७८
कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा
सोमबार, भदौ ७, २०७८
पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।
पाल्पामा सोमबार ५९ जना संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण
सोमबार, भदौ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमितले कोरोना जितेका हुन् ।
रेडियो पुष्पाञ्जलीले दियो मुसिकोटका विद्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, भदौ ७, २०७८
जिल्लाको वामीटक्सारबाट प्रशारित सामुदायिक रेडियो पुष्पाञ्जलीले मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । रेडियोले कोरोना महामारीबाट शिक्षा क्षेत्र पनि प्रभावित भएकाले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सुरक्षाका लागिस्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
पाल्पामा पनि सुरु भयो गाईजात्रा
सोमबार, भदौ ७, २०७८
आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।


