Shittalpati
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार ५७ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : सोमबार ५७ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने
स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । पदभार सम्हालेको १० औं दिनमा मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताएका हुन् ।
मुसिकोटका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा
मुसिकोटका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा जिल्लाको मुसिकोट नगरपालिकाले युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । नगर सरकारले व्यवसायिक रुपमा लागेका युवाहरुलाई थप प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
कोरोना नियन्त्रणमा चुनौती
कोरोना नियन्त्रणमा चुनौती विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो ।
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी !
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी ! अन्य क्षेत्र भन्दा सदरमुकाम हरेक कुराले सुगम नै मानिन्छ । तर त्यहीँ सुमग क्षेत्रका जनताहरुले नै दूषित पानी पिउँछन् भन्दा अचम्म लाग्न सक्छ । पाल्पाको सदरमुकाम तानसेनका जनताहरु विगत दुई महिनादेखि दूषित पानी पिउँन बाध्य छन् ।
बुहारीको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री
बुहारीको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ ।
पाल्पामा फरार तीन जना अभियुक्त पक्राउ
पाल्पामा फरार तीन जना अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाली युवाको अमेरिकामा मृत्यु
नेपाली युवाको अमेरिकामा मृत्यु रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।
खोप उपलब्ध गराउन गुल्मीका उद्योगी–व्यवसायीको माग
खोप उपलब्ध गराउन गुल्मीका उद्योगी–व्यवसायीको माग जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छातासंगठन गुल्मी उद्योग वाणिज्य संघले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको उपलब्ध गराउन माग गरेको छ ।
गुल्मीमा २१ करोड बढी राजस्व संकलन
गुल्मीमा २१ करोड बढी राजस्व संकलन जिल्लामा २१ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको हो ।
Weather Update