पाल्पामा बौद्ध जागरण अभियान
बिहीबार, असोज ७, २०७८
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’
बिहीबार, असोज ७, २०७८
जिल्लाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको छ । स्थानीय तहमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले गाउँपालिकाले नागरिक सहायताकक्ष शुरु गरेको हो ।
किन विवादित बन्छ विभूषण ?
बिहीबार, असोज ७, २०७८
हरेक वर्ष विभूषण विवादित बन्दै आएको छ । यस वर्ष पनि संविधान दिवसको अवसर पारेर सरकारद्वारा प्रदान गरिएका पदक, मानपदवी तथा विभूषणहरु विवादित बनेका छन् ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
बुधबार, असोज ६, २०७८
नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।
परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
बुधबार, असोज ६, २०७८
नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।
कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण
बुधबार, असोज ६, २०७८
कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो ।
चन्द्रमाको स्वरुप परिवर्तन र चन्द्र दर्शन दोष
बुधबार, असोज ६, २०७८
उ बेला सत्य युगको समयमा इन्द्र राजा हुनुभन्दा पहिला इन्द्रको आमा धर्ममा आस्था राखी बेला बेलामा व्रतबसी पूजा आजा गर्थिन् ।
निपाह भाइरसको त्रास
बुधबार, असोज ६, २०७८
कोभिड– १९ को माहामारीबाट हैरान खेपेको मानव समुदाय पुनः निपाह भाइरसको त्रासमा छ । यो भाइरसको स्वरूपका रुपमा देखा परेको छ । यो भाइरसका अघिल्ला स्वरूपभन्दा बढी संक्रामक र घातक देखिएको छ ।
गुल्मीमा पहिरो : एकै घरका तीनको मृत्यु
बुधबार, असोज ६, २०७८
गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम...
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग
मंगलबार, असोज ५, २०७८
मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।


