माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
सोमबार, पुस २६, २०७८

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी
सोमबार, पुस २६, २०७८
पाल्पाका होटेल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटेल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ ।
.jpg)
गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष
सोमबार, पुस २६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो ।

‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’
सोमबार, पुस २६, २०७८
गुल्मी मुसिकोट नगरपालिका ७ मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा भएको छ ।
साधारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले महिला सहकारीलाई अब कृषि उत्पादनमुखी भएर अगाडि बढ्न आग्रह गरे ।

सबै पक्ष गम्भीर बनौं
सोमबार, पुस २६, २०७८
नेपाली राजनैतिक वृतमा अहिले आएर विभिन्न खालका क्रियाप्रतिक्रियाहरु अगाडि आएका छन् । गठवन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको भेटघाट र परामर्शलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह
आइतबार, पुस २५, २०७८
नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् ।

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
आइतबार, पुस २५, २०७८
नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल सर्वसम्मत
आइतबार, पुस २५, २०७८
गुल्मी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा ईश्वरी पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम तम्घासको रहेको संघको सभाहलमा भएको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट पदाधिकारी एवम् सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम
आइतबार, पुस २५, २०७८
पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।
.jpg)
अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण
आइतबार, पुस २५, २०७८
गुल्मीमा अक्सिजन प्लाण्ट राख्नका लागि बनाइएको घर गुल्मी अस्पताललाई हस्तान्तरण गरिएको छ । गुल्मी उद्योग वाणिज्य संघ र स्थानीय जनसहभागितामा निर्मित ओयर हाउसको चाँपी गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.उत्तम पच्यालाई हस्तान्तरण गरेका हुन् ।

सामुदायिक वन राष्ट्रको धन
आइतबार, पुस २५, २०७८
सामुदायिक वन नेपालको एउटा मौलिक पहिचान र आयको स्रोत हो । नेपालमा वन विनाशलाई रोक्न प्राकृतिक विपद्लाई न्यूनिकरण गर्न र स्थानीय समुदायलाई आवश्यक पर्ने घाँस, दाउरा, काठ र वन पैदावरको सहज आपूर्ति व्यवस्थापन गर्नका लागि सामुदायिक वन पद्दतिको आविष्कार गरिएको थियो ।

काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्छ: सभापति पन्थी
शनिबार, पुस २४, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका वडा १० को वडा कार्यालय उद्घाटन गर्दै सभापति पन्थीले नेपाली काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताएका हुन् ।

धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ ।