पाल्पामा आइतबार थप १ सय २० जना संक्रमणमुक्त
आइतबार, माघ २३, २०७८
जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
आइतबार, माघ २३, २०७८
बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनमा एमसीसीको विरोध गरिने
आइतबार, माघ २३, २०७८
तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।
एमसीसी : नेताको भन्दा जनताको स्वार्थमा आवश्यक
आइतबार, माघ २३, २०७८
यतिखेर नेपालको राजनैतिक आकाशमा तरंग उत्पन्न भएको छ । अमेरीकी सहयोग एमसीसीले गर्दा राजनीतिमा उथल पुथल भएको हो । ओली सर्वसत्तावादी भए भनेर मात्र होइन यहि परियोजनाका कारण ने.क.पा. पुरानो अवस्थामा फर्कियो र एमाले विभाजन भयो । विगतको ताजा इतिहासको पाना पल्टाउँदा महाकाली सन्धीका कारण नेकपा एमाले विभाजित हुन पुगेको...
स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु
शनिबार, माघ २२, २०७८
स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालकिा–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्यूठानमा जिप दुर्घटना : आठको मृत्यु, बेहुला, बेहुलीसहित पाँच घाइते
शनिबार, माघ २२, २०७८
प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जिप शनिबार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पाल्पामा शनिबार थप ७४ जना संक्रमित निको भए
शनिबार, माघ २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४१ जना महिला र ३३ जना पुरुष संक्रमित निको भएका हुन् ।
तानसेनमा बेहोस अवस्थामा फेला परेका मगन्तेको मृत्यु
शनिबार, माघ २२, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा बेहोस अवस्थामा फेला परेका एक मगन्तेको मृत्यु भएको छ । तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा फेला परेका अर्घाखाँची छत्रदेव गाउँपालिका -४ का ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।
तानसेनमा एक मजदुर मृत भेटिए !
शनिबार, माघ २२, २०७८
जिल्लाको तानसेनमा एक मजदुर मृत अवस्थामा भेटिएका छन्
बगनासकालीका गाउँ–गाउँमा बर्थिङ सेन्टर
शनिबार, माघ २२, २०७८
सदरमुकाममा मात्र सिमित रहेको बर्थिङ सेन्टरको सुविधा (गर्भवती महिला लाई तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउने स्थान) अहिले जिल्लाको बगनासकालीका गाउँ गाउँमा पुगेको छ ।
गाउँ फर्किएर गाईपालनमा युवा
शनिबार, माघ २२, २०७८
‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाले । गीत संगीतका क्षेत्रमा संघर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाई छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत संगीत अगाडि बढाउने गरी २०७० सालमा गेझा गाउँ फर्किए ।
शिक्षकलाई विषयगत क्षमता विकास तालिम
शनिबार, माघ २२, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । शैक्षिक गुणस्तर विकासका लागि यहाँका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई पाँच दिने विषयगत क्षमता विकास सम्बन्धी आधारभूत तालिम दिइएको हो ।


