आनन्द सहकारीले गर्यो अध्ययन अवलोकन भ्रमण
आइतबार, चैत २०, २०७८
तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तक्र्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो ।
रेडक्रस पाल्पाले मनायो ४४ औं वार्षिक साधारण सभा
शनिबार, चैत १९, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् ।
विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर
शनिबार, चैत १९, २०७८
रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबार विहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबार विहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो ।
यामाहाले ल्यायो नयाँ अफर, २० लाखसम्म जित्ने अवसर
शनिबार, चैत १९, २०७८
नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै नयाँ अफर ल्याएको हो । अफर अन्तर्गत ग्राकहले २० लाख रुपैयाँसम्म जित्न सक्ने छन् ।
पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ
शनिबार, चैत १९, २०७८
नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।
पाल्पामा सत्तारूढ गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।
आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
शुक्रबार, चैत १८, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच संघको प्रथम अधिवेशन भएको हो । अधिवेशनको नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले उद्घाटन गरेका हुन् ।
गुल्मीमा गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
सत्तारुढ गठबन्धनका दलहरुबीचको बैठक गुल्मीमा बसेको छ । शुक्रबार नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बसेको बैठकले आसन्न निर्वाचनलाई केन्द्रीत गरी पाँच सदस्यीय जिल्ला संयन्त्रण गठन गर्ने निर्णय गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।
प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गुड र खुदोबाट मनग्य आम्दानी गर्दै उखु किसान
शुक्रबार, चैत १८, २०७८
छत्रकोट गाउँपालिका–४, दिगामका प्रेमनाथ पन्थले आठ रोपनी बारीमा उखु खेती गर्दै आएका छन् । उनले एक दशकदेखि व्यावसायिक उखु खेती गर्दै आएका हुन् । पन्थले उखुबाट खुदो र गुड उत्पादन गरी विक्री गर्दै आएका छन् । गुड र खुदो विक्रीबाट पन्थले वार्षिक ७ देखि १० लाख आम्दानी गर्ने गरेको बताउँछन् ...
मेगा बैंक तानसेन शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम
बिहीबार, चैत १७, २०७८
मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । उसले तानसेनमा रहेको शिव इन्टिच्युटमा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सञ्चालित इभेन्ट दोस्रो परियोजनामा सहभागी ६० जना प्रशिक्षार्थीहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी...


