स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय
आइतबार, फागुन ८, २०७८
सामाजिक न्यायको प्रत्याभूति देऊ
आइतबार, फागुन ८, २०७८
समाजमा विद्यमान रहेको असमानता हटाइ समानता, स्वतन्त्रता, अर्थपूर्ण सहभागिता, अधिकारको प्राप्ति, सामाजिक–सांस्कृतिक न्याय, सम्पत्ति, स्रोतसाधन, सुविधा, अवसर र लाभको न्यायोचित वितरणमा समान हिस्सेदारी, अंशियारी एवं साझेदारी प्राप्त गर्ने अवधारणा सामाजिक न्याय हो ।
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस
शनिबार, फागुन ७, २०७८
नेपाली काँग्रेस पाल्पाले ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले १० स्थानीय तहका ८१ वटै वडामा वडा समिति मार्फत प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस
शनिबार, फागुन ७, २०७८
नेपाली काँग्रेस तानसेन नगरपालिका १२ वौघा पोखराथोकले पनि एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ ।
‘वैशाख १ देखि भैरहवाबाट उडान हुन्छ’
शनिबार, फागुन ७, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।
धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत
शनिबार, फागुन ७, २०७८
धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत भएका छन् ।
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस
शनिबार, फागुन ७, २०७८
नेपाली काँग्रेस तानसेन नगरपालिका –३ वडा कार्यालयले प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गर्दै बहत्तरौँ प्रजातन्त्र दिवस मनाएको हो ।
बेथलमा क्वाड च्याम्प प्रतियोगिता
शनिबार, फागुन ७, २०७८
तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा
शनिबार, फागुन ७, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।
गुल्मीको दर्लिङमा पहिलो पटक बस पुग्यो
शनिबार, फागुन ७, २०७८
गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलो पटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा २ ह्वाङदी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीन वटै वडामा पहिलो पटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको...
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त
शुक्रबार, फागुन ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र १४ जना पुरुषले कोरोना जितेका हुन् ।
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा
शुक्रबार, फागुन ६, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका ग्रामीण क्षेत्रमा यति बेला खानेपानीको सुविधा पुगेको छ । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा यतिबेला सहजै खानेपानीको सुविधा पुर्याएको हो ।
जीतगढीमा वीर योद्वाको सालिक अनावरण
शुक्रबार, फागुन ६, २०७८
बुटवल उपमहानगरपालिका १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा नेपाल अंग्रेज युद्वका विजेता तत्कालीन नेपाली वीर योद्वाको सालिक निर्माण गरिएको छ । ऐतिहासिक पुरातात्विक सम्पदास्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको थियो ।


