नवजनचेतना राष्ट्रिय दैनिक २०७८ चैत २७ गते आइतबार
आइतबार, चैत २७, २०७८
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई
शनिबार, चैत २६, २०७८
पाल्पाको रानीमहलमा जारी राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सकिएको छ । शनिबार फाइनल खेल हुँदै सकिएको हो ।
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट
शनिबार, चैत २६, २०७८
जिल्लाको निस्दी गाउँपालिका नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली काँग्रेस निस्दीको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी
शनिबार, चैत २६, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी स्थानीय तहको निर्वाचनमा जित्नेलाई मात्र उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने बताएका छन् ।
आइतबार देशभर सार्वजनिक बिदा
शनिबार, चैत २६, २०७८
सरकारले राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा
शनिबार, चैत २६, २०७८
नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।
आज चैते दशैं मनाइँदै
शनिबार, चैत २६, २०७८
आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।
हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम
शनिबार, चैत २६, २०७८
जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।
अर्थतन्त्रमा ठूलो चुनौती : गभर्नर अधिकारी
शनिबार, चैत २६, २०७८
अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने बताउँदै आएका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने मुलुकको अर्थतन्त्र ठूलो चुनौतीमा हरेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने चेतावनी दिर्दै आएका छन् ।
चैते दशैं र रामनवमी
शनिबार, चैत २६, २०७८
दशैं नेपालीहरुको महान चाड हो । यसलाई सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी चैते दशैं पनि अशोजमा पर्ने मूख्य दशैं को एउटा प्रतिविम्वत पर्व हो भनिन्छ ।
चैते दशैंको महत्व
शनिबार, चैत २६, २०७८
नेपाली समाजमा मनाइने हरेक चाडपर्वहरूको आफ्नै विशेष महत्व रहने गर्दछ । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरक–फरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोल अनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने...
उद्योगी, व्यवसायीको सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री खाण
शुक्रबार, चैत २५, २०७८
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन
शुक्रबार, चैत २५, २०७८
चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।


