रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा
मंगलबार, माघ १८, २०७८

विकासका बाधकहरूलाई हटाऔं
मंगलबार, माघ १८, २०७८
मौसम अनुसारका क्रियाकलापले सबैका लागि अवस्थाको पहिचान गराउने वातावरण सिर्जना गर्छ । तर काम गर्ने शैलीमा भने हामी नेपालीहरुले समय अनुसार परिमार्जित गर्न सकेका छैनौ ।

गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा
मंगलबार, माघ १८, २०७८
आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार, माघ १७, २०७८
पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

निस्दीमा विद्यालयका कर्मचारीको सेवा वृद्धि
सोमबार, माघ १७, २०७८
पाल्पाको निस्दी गाउँपालिकाको दशौँ गाउँसभाले पालिका भित्रका विद्यालयमा बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तासहितको कर्मचारीको मासिक तलबमा वृद्धि गरेको छ ।

नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस
सोमबार, माघ १७, २०७८
नेपाली काँग्रेस गुल्मीले सहिदहरुको सम्झनामा सहिद दिवस मनाएको छ । मुलुको विभिन्न कालखण्डका राजनीतिक र सामाजिक आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञातअज्ञात महान सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दै सहिदहरुको सम्झना गरी यो दिवस मनाएको हो ।

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
सोमबार, माघ १७, २०७८
नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
.jpg)
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
आइतबार, माघ १६, २०७८
गुल्मीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । आइतबारदेखि लक्षित वर्गलाई बुस्टर खोप लगाउन सुरु गरिएको हो । जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

आइतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि
आइतबार, माघ १६, २०७८
पाल्पामा १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’
आइतबार, माघ १६, २०७८
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि संघीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताए ।

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’
आइतबार, माघ १६, २०७८
कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।