Shittalpati
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका ग्रामीण क्षेत्रमा यति बेला खानेपानीको सुविधा पुगेको छ । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा यतिबेला सहजै खानेपानीको सुविधा पुर्‍याएको हो ।
जीतगढीमा वीर योद्वाको सालिक अनावरण
जीतगढीमा वीर योद्वाको सालिक अनावरण  बुटवल उपमहानगरपालिका १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा नेपाल अंग्रेज युद्वका विजेता तत्कालीन नेपाली वीर योद्वाको सालिक निर्माण गरिएको छ । ऐतिहासिक पुरातात्विक सम्पदास्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको थियो ।
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु जिल्लाको तिनाउ गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
गठबन्धनमै विवाद
गठबन्धनमै विवाद प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसीसी टेबल गर्न ठूलो कसरत गरे पनि अन्ततः टेबल हुन सकेन । सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’ निर्णयपछि देउवा पछि हटेका छन् ।
स्थानीय निर्वाचनका लागि दल दर्ता खुला
स्थानीय निर्वाचनका लागि दल दर्ता खुला स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस पछिल्लो समय प्रजातन्त्र संकटमा पर्दै गएको छ । सत्ता पक्षबाट होस् वा प्रतिपक्ष दलहरुबाट नै किन नहोस् प्रजातन्त्र संकटमा पर्दै गएको अनुभूति आमनागरिकमा भएको छ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याइएको भएपनि अहिले आएर राजनीतिक दलहरुले त्यसलाई चटक्कै बिर्सेका छन् ।
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो ।
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
Weather Update