बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, माघ २४, २०७८

पाल्पामा सोमबार थप ९७ जना संक्रमितले कोरोना जिते
सोमबार, माघ २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् ।

रैनादेवीको जंगलमा एक युवतीको शव भेटियो !
सोमबार, माघ २४, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको शव भेटिएको छ । रैनादेवी छहरा –७ गहतेका तारा खड्काको श्रीमती ३३ वर्षीया भवि रेश्मी मृत अवस्थामा भेटिएकी हुन् ।

तानसेनमा खानेपानी नआएपछि उपभोक्ता आन्दोलित, काँग्रेसले गरायो समितिको ध्यानाकर्षण
सोमबार, माघ २४, २०७८
जिल्लाको सदरमुकाम तानसेन बजारमा दुई हप्तादेखि खानेपानी नआएपछि उपभोक्ता आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण दुई हप्तासम्म पनि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । घर–घरमा खानेपानीको धारा नआएपछि तानसेनवासीहरु नेपाली काँग्रेस तानसेन नगर समितिको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् । मानिसको आधारभूत आवश्यकता जस्तो खानेपानीका...

कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित
सोमबार, माघ २४, २०७८
पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए ।

माथागढीमा उद्यमशिलता विकास तालिम
सोमबार, माघ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा उद्यमशिलता विकास तालिम दिइएको छ । गाउँपालिकाले ‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं सीप सिकौ आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने उद्यमशिलता विकास तालिम दिएको हो ।

देशभर विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइयो
आइतबार, माघ २३, २०७८
देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइएको छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आइतबार विधिपूर्वक पूजा आराधना गरी सरस्वती पूजा मनाइएको हो । विद्यालय तथा विद्यापीठहरुमा सरस्वतीको पूजा गरिएको छ ।

धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिने
आइतबार, माघ २३, २०७८
धवल पुस्तकालय पाल्पाद्वारा स्थापित धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

पाल्पामा आइतबार थप १ सय २० जना संक्रमणमुक्त
आइतबार, माघ २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ६२ जना महिला र ५८ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
आइतबार, माघ २३, २०७८
बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तानसेनमा एमसीसीको विरोध गरिने
आइतबार, माघ २३, २०७८
तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।

एमसीसी : नेताको भन्दा जनताको स्वार्थमा आवश्यक
आइतबार, माघ २३, २०७८
यतिखेर नेपालको राजनैतिक आकाशमा तरंग उत्पन्न भएको छ । अमेरीकी सहयोग एमसीसीले गर्दा राजनीतिमा उथल पुथल भएको हो । ओली सर्वसत्तावादी भए भनेर मात्र होइन यहि परियोजनाका कारण ने.क.पा. पुरानो अवस्थामा फर्कियो र एमाले विभाजन भयो । विगतको ताजा इतिहासको पाना पल्टाउँदा महाकाली सन्धीका कारण नेकपा एमाले विभाजित हुन पुगेको...

स्याङ्जामा जिप दुर्घटना दुईको मृत्यु
शनिबार, माघ २२, २०७८
स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार शनिबार बिहान ८ः३० बजे बिरुवा गाउँपालकिा–३ धोबादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।