Shittalpati
बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–८ घिमिरे डाँडामा ८ वर्षीय बालक मृत भेटिएका छन् । सोही ठाउँकी सीता घिमिरेको छोरा शसी घिमिरे घर नजिकैको खोल्सामा शनिबार दिउँसो मृत भेटिएका हुन् ।

गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरेलाई आफ्न्तले खोजतलास गर्दै जाँदा घर नजिकैको खोलामा रहेको पानीमा डुवेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बालक घिमिरे सुस्त मनस्थितीको रहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update