पाल्पामा बढ्दै चुनावी रौनकता, समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार
बुधबार, वैशाख २१, २०७९
एमालेको नाराबाजीबिच लुम्बिनी प्रदेशसभाको बैंठक
बुधबार, वैशाख २१, २०७९
मंगलबार बोइलाइएको लुम्बिनी प्रदेशसभाको बैठक एमालेको नाराबाजीबिच सकिएको छ । प्रदेशसभाको १० औं अधिवेशनका लागि बोलाइएको बैंठकमा प्रतिपक्षी दल एमालेका प्रदेशसभा सदस्यहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । मंगलबार दिउँसो १ बजे प्रदेशसभा बैठक सुरु भए पनि एमालेका प्रदेशसभा सदस्यहरुहरुको अवरोधका कारण दोस्रो बैठक सवा २ बजे सुरु भएको...
रिभर फल्स पावर लिमिटेडको आइपिओ आउँदै
बुधबार, वैशाख २१, २०७९
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को विक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित दरमा २७ लाख ३० हजार कित्ता सेयर विक्रीका लागि दरखास्त...
पाल्पामा गठबन्धनको उत्साहजनक घरदैलो–चुनावी सभा
मंगलबार, वैशाख २०, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै यहाँ चुनावी सरगर्मी बढेको हो । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घर–घरमा पुगेका छन् ।
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल
मंगलबार, वैशाख २०, २०७९
सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ । गठबन्धनले संयुक्त अपिल जारी गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि पाल्पाका दश वटै स्थानीय तहका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरु समक्ष अपिल गरेको हो ।
स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस
मंगलबार, वैशाख २०, २०७९
स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा नेपाली काँग्रेस लागेको छ । २०७४ यता नेतृत्व तहमा एमालेको हालीमुहाली हुँदै आएको यहाँ काँग्रेस भने भत्काउने कसरतमा लागेको हो । २०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो बचश्व राखेको नेपाली काँग्रेसले २०७४...
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड
मंगलबार, वैशाख २०, २०७९
जिल्लाका पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचको लागि जिल्लाका पत्रकार र निर्वाचन कार्यालय बिच भएको आचार संहिता विषयक अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
यूनाइटेड इन्स्योरेन्सलाई अवार्ड
मंगलबार, वैशाख २०, २०७९
बिमा कम्पनीको क्षेत्रमा अग्रणी भमिका खेल्दै आएका यूनाइटेड इन्स्योरेन्सले अवार्ड प्राप्त गरेको छ । कम्पनीले ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड प्राप्त गर्न सफल भएको हो । निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको भन्दै इन्डियन चेम्बर अफ कमर्सले उक्त अवार्डबाट युनाइटेडलार्य सम्मान गरेकमो छ ।
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई
सोमबार, वैशाख १९, २०७९
स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । बाँकी समयमा उम्मेदवारहरु मतदाताहरुको घर–घर पुग्दैछन् । राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताको घरदैलोमा पुगेका छन् ।
मेघ गर्जन र चट्याङसहित वर्षा
सोमबार, वैशाख १९, २०७९
,हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो
सोमबार, वैशाख १९, २०७९
जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’
सोमबार, वैशाख १९, २०७९
गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए । उनले झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा घर आएका छन् । उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि...
राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता
सोमबार, वैशाख १९, २०७९
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३ सय १२ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन र झण्डै एक सय किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन...


