Shittalpati
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् ।
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो ।
एनएमबि बैंकको ‘युवा डिजी सेभिङ’
एनएमबि बैंकको ‘युवा डिजी सेभिङ’ एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता एनएमबि युवा डिजी सेभिङ ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि युवा डिजी सेभिङ ल्याएको हो । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त
पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी...
‘सिँचाइ विना कृषि असम्भव’
‘सिँचाइ विना कृषि असम्भव’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
रिब्दीकोट गाउँ सरकारद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग
रिब्दीकोट गाउँ सरकारद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सर पीडित व्यक्तिका लागि पालिकाले यातायात खर्च वापत छ हजार नगद सहयोग गर्दै आएको हो ।
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण
गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण  जिल्लामा काँग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । मंगलबार ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लामा काँग्रेसलाई बलियो, सशक्तिकरण र सबलीकरण गराउनका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमित निको भएका हुन् ।
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग जिल्लाको मुसिकोट नगरपालिका–५ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।
Weather Update