Shittalpati
यामाहा एमटी–१५ बीएस ०६ को माग बढ्दो
यामाहा एमटी–१५ बीएस ०६ को माग बढ्दो नेपालमा यामाहा एमटी–१५ बीएस ०६ को माग अत्याधि रुपमा बढ्दै गएको जनाइएको छ । नयाँ पुस्ताले यामाहाको यो बाइक अत्यन्त रुचाएको कम्पनीले दावी गर्दे आएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले रहेको छ । सुरुवाती दिनहरूदेखि नै आफ्नो पहिलो ‘एमटी–०१’ सँगै यामाहाले विश्वव्यापी प्रशंसा बटुल्दै आइरहेको कम्पनीले...
पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण
पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
राजनीति दलबाट निराश जनता सत्यको खोजीमा !
राजनीति दलबाट निराश जनता सत्यको खोजीमा ! पछिल्लो समय राजनीतिक दलहरुको गतिविधिहरुबाट जनताहरूमा निराशा पलाएको अनुभूत गर्न थालिएको छ । राजनीतिक दल र सत्ता सञ्चालकहरु नै भ्रष्टाचारमा लिप्त र जनताप्रति गैरजिम्मेवार बन्दै गएपछि जनताहरुमा नैराश्यता छाएको छ । राजनीति मूलतः जनसेवाको, राष्ट्रसेवाको विषय हो ।
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा पाल्पाका ६ राजनीतिक दलहरु अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा देखिएका छन् । सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) एमसीसीको विपक्षमा देखिएका हुन् ।
पाल्पामा संक्रमण दर घट्यो, मंगलबार ४ संक्रमित, ४ निको
पाल्पामा संक्रमण दर घट्यो, मंगलबार ४ संक्रमित, ४ निको जिल्लामा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । माघ महिनाको तेस्रो हप्तादेखि संक्रमण हुने दर निरन्तर घटिरहेकाले सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको हो ।
‘सुजुकी सेलेरियो’ सार्वजनिक
‘सुजुकी सेलेरियो’ सार्वजनिक नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटो मोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी सेलेरियो’ नामक कार सार्वजनिक गरेको छ । कम्पनीले नेपालको सबै भन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।
तानसेनका ३६ वर्षीय युवा आफ्नै घरमा मृत भेटिए
तानसेनका ३६ वर्षीय युवा आफ्नै घरमा मृत भेटिए तानसेनमा एक युवा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । तानसेन नगरपालिका ९ खर्केडाँडाका ३६ वर्षीय महेश बौडेल सोमबार साँझ आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने नेकपा एमाले पाल्पाको पहिलो बैंठक बसेको छ । बैंठकले घरदैलो अभियान सञ्चालन गर्नेदेखि सरकारका नराम्रा गतिविधिहरुको खबरदारी गर्ने सम्मका निर्णय गरेको छ । उसले यही फागुन १५ गतेबाट एक महिने घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा वडा कमिटीका बैठकहरु, टोल कमिटी गठन एवं बैठक, पालिका र वडास्तरीय जनसंगठनको...
गुन्द्रुक बेचेरै मनग्य आम्दानी गर्दै पाल्पाका महिला
गुन्द्रुक बेचेरै मनग्य आम्दानी गर्दै पाल्पाका महिला गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् । तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् ।
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत रकम
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत रकम जिल्लाको निस्दी गाउँपालिकाले कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई राहत रकम दिएको छ । कोरोनाका कारण मृत्यु भएका गाउँपालिका भित्रका ७ जनाको परिवारलाई गाउँपालिकाले २५/२५ हजारका दरले राहत रकम दिएको हो ।
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो !
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो ! अधिकांस बैंठकहरु आशनग्रहण र भाषणमा सिमित हुने गर्दछन् । तर गुल्मीमा भने नेपाली काँग्रेसले संसदीय अभ्यास अनुसार बैठक सञ्चालन गरेको छ । उसले बैठक बस्दै गर्दा आचार संहिता निर्माण गरी आशनग्रहण र फुक्ला भाषणलाई प्राथमिकता नदिइ संसदीय प्रणालीको अभ्यास र विषयवस्तु केन्द्रित भएर विचार राख्ने शैलीको विकासलाई प्राथमिकता दिन थालेको...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।
Weather Update