Shittalpati
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
पाल्पामा ७ जना बन्दकर्ता पक्राउ अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन
एमसीसी सम्झौता संसदबाट अनुमोदन प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाल्पाको हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १, हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु भएको छ । आइतबार राती अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका १ गैरगाउँका २८ वर्षीय सुदिप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ ।
सुजल फुड्सको ‘फ्रेसो ब्रेथ’
सुजल फुड्सको ‘फ्रेसो ब्रेथ’ सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ ।
पर्यटकको आकर्षण केन्द्र बन्दै पाल्पा दरबार संग्रहालय
पर्यटकको आकर्षण केन्द्र बन्दै पाल्पा दरबार संग्रहालय गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकी छन् । काठमाडौँमा बस्न थालेपछि उनी ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेकी थिइन । संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ । पाल्पा दरबार संग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो ।
एमसीसी र संसद
एमसीसी र संसद
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो
पाल्पामा पनि हर्सोल्लासका साथ मगर दिवस मनाइयो पाल्पा लगायत देशभर मगर समुदायले आइतबार हर्साेल्लासका साथ ४० औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत
एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो जिल्लाको पूर्वखोला गाउँपालिकामा विषादी सेवन गरी एक बालिकाको ज्यान गएको छ । गाउँपालिका- ३ मेञ्जिडाँडाकी १६ वर्षीया अस्मिता परियारको मुसा मार्ने विषादी सेवन गरी ज्यान गएको हो ।
Weather Update