Shittalpati
आयुर्वेदको विकासमा ध्यान देऊ
आयुर्वेदको विकासमा ध्यान देऊ पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
प्रतिष्ठानको ‘अनुष्ठान’ लोकार्पण
प्रतिष्ठानको ‘अनुष्ठान’ लोकार्पण जिल्ल्लाको साहित्य क्षेत्रमा क्रियाशिल शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले अनुष्ठान’ लोकार्पण गरेको छ । प्रतिष्ठानले आइतबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच १६ औं बर्ष विशेषाङ्क ‘अनुष्ठान’ लोकार्पण गरेको हो ।
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी पाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले विकास र जनताको समृद्धिका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । साथीहरुसँग घुम्न आएका भारतको गोरखपुरका २८ वर्षीय सान्तनु नन्दीको जिल्लाको तिनाउ गाउँपालिका–३ भूतखोलामा डुवेर मृत्यु भएको हो ।
मदानेका खरका झुपडीमा जस्तापाता टलक्क
मदानेका खरका झुपडीमा जस्तापाता टलक्क गुल्मीको मदाने गाउँपालिका भित्र रहेका खरका झुपडीहरू अहिले जस्तापाताले टल्किएका छन् । गाउँसरकारले खरका झुपडी भएका विपन्न घरधुरीलाई टिनका जस्तापाता वितरण गरेसँगै गाउँ जस्तापाताले टल्किएका छन् । पालिकाले ७ सय २९ वटा फुसका घरलाई जस्तापाता दिएर गाउँपालिकालाई फुसरहित गाउँपालिका घोषणा गरेको छ । अहिले यस क्षेत्रका सबै खरका झुपडीहरू जस्तापाता...
निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने
निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने बताएको हो । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले वैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ ।
पर्यटन क्षेत्रमा अब्बल कचल
पर्यटन क्षेत्रमा अब्बल कचल पाल्पा जिल्ला आफैमा ऐतिहासिक र पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लाका साविकका गा.वि.स. हालका वडाहरु अझ पर्यटकीय आकर्षित स्थलहरु बन्दै गएका छन् । हुन त ति गाउँहरु ऐतिहासिक गाउँ हुन् । पहिला अध्यारोमा परेका गाउँहरु अहिले उज्यालोमा परिणत भएका छन् ।
मनपरी मूल्यवृद्धि रोक
मनपरी मूल्यवृद्धि रोक नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् ।
तानसेन बहुमुखीका  विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।
Weather Update