के भन्छन् तानसेन नगर सरकार प्रमुखका दुई उम्मेदवार ?
शनिबार, वैशाख २४, २०७९

‘निर्वाचन निष्पक्ष बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण’
शुक्रबार, वैशाख २३, २०७९
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संवैधानिक मामिला शाखाका सचिव राजेन्द्र थापाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार पाल्पा विकास केन्द्रले तानसेनमा आयोजना गरेको नागरिक संघ संस्थाहरुका लागि राजनीतिक समावेशीता, पारदर्शीता, सुशासन, प्रजातन्त्र र संघीयता सम्बन्धी कार्यशाला अभिवृद्धि कार्यक्रमको सहजीकरण...

पाल्पामा गठबन्धनका उम्मेदवार भन्छन् ‘घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको छ’
शुक्रबार, वैशाख २३, २०७९
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

पाल्पा प्रशासनको सेवा स्थगन गरिने
शुक्रबार, वैशाख २३, २०७९
जिल्ला प्रशासन कार्यालय पाल्पाले आफ्ना सेवा आंशिक रुपमा स्थगन गर्ने भएको छ । कार्यालयले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आफ्ना सेवा यही २५ गतेदखि स्थगन गर्न लागेको हो । कार्यालयका कर्मचारीहरु निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिनुपर्ने भएपछि जिल्ला प्रशासनले एक सूचना जारी गरी वैशाख ३०...

रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु
शुक्रबार, वैशाख २३, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।

नागरिकता पाउने आशामा जेष्ठ नागरिक
शुक्रबार, वैशाख २३, २०७९
‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बूढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो छ ७८ वर्षीया तुलसा पाण्डेयको । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको...

महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह
शुक्रबार, वैशाख २३, २०७९
नेकपा एमाले पाल्पा तिनाउ गाउँ कमिटीले महिला अधिकार सुनिश्चित गर्न उपाध्यक्षमा महिलाई उम्मेदवारी बनाएको छ । तिनाउ गाउँपालिका १ कचलकी सावित्रा रानालाई एमालेले पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको हो । उपाध्यक्षमा उम्मेदवारी दिएकी रानाले अहिले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् ।

माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि
शुक्रबार, वैशाख २३, २०७९
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् ।

पाल्पामा गठबन्धन आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा
बिहीबार, वैशाख २२, २०७९
पाल्पामा गठबन्धन दल आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिदै निर्वाचनमा होमिएको छ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ यहाँ पाँच दलीय गठबन्धन निर्वाचनमा होमिएको हो ।

पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते भएका छन् । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।

निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड
बिहीबार, वैशाख २२, २०७९
निर्वाचन निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र पत्रकार महासंघ पाल्पाको समन्वयमा तानसेनमा भएको स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।

प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तानसेनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया भएको छ । आइपास नेपाल र एसएसइसिपिजीको आयोजनमा प्रजनन् स्वास्थ्य अधिकार र सुक्षित गर्भपतन सेवाको पैरवीका लागि जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो ।