Shittalpati
पाल्पाका पूर्वसांसद थापाको निधन
पाल्पाका पूर्वसांसद थापाको निधन ,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका  १० गेझामा निधन भएको हो ।
कृषि अनुदानको दुरुपयोग रोक
कृषि अनुदानको दुरुपयोग रोक सरकारले किसानलाई प्रोत्साहित गर्न हरेक वर्ष अनेकौं राहत र सुविधाका कार्यक्रम घोषणा गर्न छुटाउँदैन । यो वर्ष पनि यस्ता दर्जनभन्दा बढी कार्यक्रम सञ्चालनमा छन् ।
इन्धनको मूल्य फेरि बढ्यो
इन्धनको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो ।
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो स्थानीय तहको निर्वाचन सकिएपछि देशभरका जिल्लाहरुमा जिल्ला समन्वय समितिको निर्वाचन २०७९ हुन लागेको छ । पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि समय तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले पाल्पामा असार ३ गते र गुल्मीमा असार १ गते निर्वाचनको समय तालिका सार्वजनिक गरेका छन् ।
बजेट कार्यान्वयनमा कठिन : पूर्वगभर्नर नेपाल
बजेट कार्यान्वयनमा कठिन : पूर्वगभर्नर नेपाल नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट कार्यान्वयनमा कठिन रहेको बताएका छन् । शुक्रबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र बजेट विषयक छलफल कार्यक्रममा पूर्वगभर्नर नेपालले बजेका उद्देश्यहरु राम्रा भए पनि कार्यान्वयनमा कठिन रहेको बताएका हुन् ।
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु जिल्लाको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडानम्बर–२ पल्लिकोटको रातापानी भन्ने स्थानमा लु १ क ४७७१ नम्बरको डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
अनुदानको बीउ किसानलाई महँगोमा
अनुदानको बीउ किसानलाई महँगोमा रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।
मिडियाका कर्मचारी तान्दै पाल्पाका सहकारी
मिडियाका कर्मचारी तान्दै पाल्पाका सहकारी जिल्लाका गैरसरकारी र सहकारी संस्थाहरुले कर्मचारी भर्नामा चलाखी गरेको पाइएको छ । यहाँका केही प्रतिष्ठित कार्यालयहरुमा काम गरेर अनुभव संगालेका कर्मचारीहरुलाई नो अब्जेक्सन लेटर विना नै ति संस्थाहरुले भर्ना गर्ने गरेको पाइएको हो ।
लुम्बिनी जनरलको आवेदन समय आज सकिदै
लुम्बिनी जनरलको आवेदन समय आज सकिदै कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने समय आज सकिन लागेको छ । बैंकले उक्त इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त समय शुक्रबार सकिन लागेको हो ।
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो
गुल्मीको मुसिकोटमा ढुंगाले लागेर एक विद्यार्थीको ज्यान गयो गुल्मीको मुसिकोट नगरपालिका–३ मा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक जना विद्यार्थीको ज्यान गएको छ । मुसिकोट नगरपालिका कुवापानी बस्दै आएका अरमाजाका १४ वर्षीय गगन रायमाझीको विद्यालय जाने क्रममा डोजरले फालेको ढुंगाले लागेर आज विहान ज्यान गएको वडा अध्यक्ष शंकर रायमाझीले बताए ।
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’ पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी स्वास्थकर्मी हुन् । उनी पेशाबाट सामाजिक र राजनीतिक क्षेत्रमा लागेका हुन् । नेकपा एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका उनी बैशाख ३० गते भएको स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भए ।
Weather Update