कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
सोमबार, वैशाख २६, २०७९

बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
सोमबार, वैशाख २६, २०७९
प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...

चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता
सोमबार, वैशाख २६, २०७९
चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका हुन् ।

पाल्पामा निर्वाचन स्वच्छ,निष्पक्ष बनाउन दलहरुले गरे साझा प्रतिवद्धता
आइतबार, वैशाख २५, २०७९
पाल्पाका ७ राजनीतिक दलहरुले स्थानीयतह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्रले तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालन गर्ने, राजनीतिक दलहरु बिच स्वच्छ भयरहित वातावरणमा प्रचार–प्रसार गर्ने, आ–आफ्ना...

पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने
आइतबार, वैशाख २५, २०७९
जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २७ गतेदेखि मतगणनको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाभर मदिराको...

‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’
आइतबार, वैशाख २५, २०७९
स्थानीय तह निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनीहरु भोट आफ्नो पोल्टामा पार्न गाउँ पसेका छन् । यतिबेला मुलुक चुनावमय भएको छ । तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्दै केही मतदाताहरु भने आक्रोशित भएका...

पाल्पामा मतदान अधिकृतलाई तालिम
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने जिल्ला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम...

एमालेका उम्मेदवार घरदैलोमा व्यस्त
आइतबार, वैशाख २५, २०७९
नेकपा एमालेले जिल्लाका दश वटै स्थानीय तहमा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर घरमा पुगेर मत मागेको छ । तानसेनमा एमालेका उम्मेदवारहरुले दिनहुँ जसो घरदैलो गरिहेका छन् । तानसेन नगरपालिका मेयरका उम्मेदवार धनेन्द्रराज घिमिरे, उपप्रमुख पदका उम्मेद्वार शशी श्रेष्ठ लगायतका वडा अध्यक्ष, सदस्यहरु...

पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’
शनिबार, वैशाख २४, २०७९
जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुलाई मेयर साव/अध्यक्ष ज्यू आदी नामले सम्बोधन गर्ने गरिन्छ । नाममा जसरी सम्बाधेन गरे पनि व्यवहारत : त्यस्तो नहुनु पर्ने हो । तर अधिकांस जनप्रतिनिधि जनताको सेवक हुँ भन्ने नै विर्सेर साव/अध्यक्ष ज्यू नै बन्ने प्रवत्ति यहाँ छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा...

नबिल बैंक युएसडीएमा सूचीकरण
शनिबार, वैशाख २४, २०७९
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १ सय २ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय...

आज प्रधानमन्त्री देउवा बुटवल आउँदै
शनिबार, वैशाख २४, २०७९
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज शनिबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित ...