मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची
मंगलबार, साउन ३, २०७९
सेयर बजारमा लगातार वृद्धि
मंगलबार, साउन ३, २०७९
पछिल्लो ६ दिन यता लगातार सेयर बजारमा वृद्धि भएको छ । सेयर कारोबार भएको आइतबार, शुक्रबार, बिहीबार, बुधबार, मंगलबार र सोमबार परिसूचक नेप्सेमा वृद्धि भएको हो । आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४, मंगलबार ११.६८ र साउन २ गते सोमबार १८ अंकले बढेको छ ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गयो
सोमबार, साउन २, २०७९
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशको रोल्पा, कपिलवस्तु, दाङ, रूपन्देही र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको ज्यान गएको हो ।
तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी
सोमबार, साउन २, २०७९
जिल्लाको तानसेनमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद चोरी भएको छ । तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकमा गाडीबाट पिसाव फेर्न झरेका पूर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मीको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ सहित २ जनालाई अपरिचित व्यक्तिले लुटपाट गरी नगद चोरी गरेका हुन् ।
गुल्मीका स्थानीय सरकारले गरे कानुनविपरीत ३१ करोड बढी खर्च
सोमबार, साउन २, २०७९
गुल्मीका स्थानीय तहहरूमा बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण बेरुजु फछ्र्याेटमा उल्लेख्य सुधार हुन सकेको छैन । यहाँका स्थानीय तहहरुले आर्थिक बर्ष २०७७/०७८ मा ३१ करोड बढी कानुनविपरीत खर्च गरेका छन् । यहाँका दुई नगरपालिका र दश गाउँपालिकाले कानुनको उल्लंघन गर्दै ३१ करोड ५१ लाख १ हजार अनियमित खर्च गरेका...
उपभोक्तालाई सहुलियतमा खानेपानी
सोमबार, साउन २, २०७९
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन
सोमबार, साउन २, २०७९
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन भएको छ । ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाको आयोजनामा आइतबारदेखि तनावमुक्त जीवनका लागि पाँच दिने शिविर सञ्चालन भएको हो । संस्थाले दया र करुणा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनको लागि तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा राजयोग शिविर सञ्चालन गरेको छ ...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन
सोमबार, साउन २, २०७९
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपालमा यथावत् राखिएको छ ।
चिकित्सा शिक्षाको शुल्क वृद्धि
आइतबार, साउन १, २०७९
राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
आइतबार, साउन १, २०७९
ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।
रिब्दीकोटमा एक वृद्धा मृत फेला
शनिबार, असार ३२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।


