Shittalpati
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि मनाइँदै छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
रेसुङ्गाका बिस कृषक सम्मानित
रेसुङ्गाका बिस कृषक सम्मानित जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
संसद् चलाउँदै रिब्दीकोटका युवा
संसद् चलाउँदै रिब्दीकोटका युवा संसद् हलको ढोकामा कडा सुरक्षा छ । सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन् । हल प्रवेशका लागि आफनो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति संसद हलमा जान पाउँदैनन् ।
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
धन्सारले पुरिएर बालिकाको मृत्यु
धन्सारले पुरिएर बालिकाको मृत्यु स्याङ्जाको गल्याङ–१० डुबिण्डाँडामा बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ पाल्पा सहित देशभर असार १५ अर्थात् १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । मंगलबार धान रोपाईं सँगै दही र चिउरा खाई धान दिवस मनाइएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’...
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख...
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।
एकैदिन ६२ जनामा कोरोना
एकैदिन ६२ जनामा कोरोना पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा ६२ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा
स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार बसेको प्रदेशसभाको बैठकमा जानकारी गराएकी छन् ।
Weather Update