रामपुरमा एक वृद्ध मृत फेला
बुधबार, असार २२, २०७९

विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो
बुधबार, असार २२, २०७९
विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।
.jpg)
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
बुधबार, असार २२, २०७९
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।

लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन
बुधबार, असार २२, २०७९
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एकवर्ष भन्दा बढी समयदेखि रिक्त रहेका छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बुधबार, असार २२, २०७९
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो ।

एकै दिन ९० जनामा कोरोना
मंगलबार, असार २१, २०७९
एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु
मंगलबार, असार २१, २०७९
जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो ।
.jpg)
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
मंगलबार, असार २१, २०७९
रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
मंगलबार, असार २१, २०७९
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर ज्यान गएको हो ।

रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु
मंगलबार, असार २१, २०७९
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।
.jpg)
बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ?
मंगलबार, असार २१, २०७९
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडी परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।

अप्पर सोलुको खुल्यो आईपीओ
मंगलबार, असार २१, २०७९
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १ सय का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

४० कोरोना संक्रमित थपिए
मंगलबार, असार २१, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।