पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय सरकार सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा
शनिबार, भदौ २५, २०७९
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो
शनिबार, भदौ २५, २०७९
गण्डकी र लुम्बिनी प्रदेशको संमस्थल राम्दीस्थित कालीगण्डकी नदी माथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो ।
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति
शनिबार, भदौ २५, २०७९
सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
तिनाउ गाउँ सरकारका सय दिन, उपलब्धी सार्वजनिक
शुक्रबार, भदौ २४, २०७९
तिनाउ गाउँपालिका पाल्पाका नवनिर्वाचत जनप्रतिनिधिहरुले एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा विकास निर्माणदेखि सुशासन कायम गर्ने सबै किसिमका आर्थिक, कानुनी आधारहरु तयार गरी अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी
शुक्रबार, भदौ २४, २०७९
ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेटिूक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने...
इन्द्रजात्रा र यें या पुन्ही
शुक्रबार, भदौ २४, २०७९
प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा ।
विविध कार्यक्रम गरी मनायो बगनासकालीले निजामती दिवस
बिहीबार, भदौ २३, २०७९
निजामती दिवसको अवसरमा बगनासकाली गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । निजामती दिवसको अवसरमा गाउँपालिकाले बगनासकाली पालिकाभित्रको साहित्यको अनुसन्धान कृति प्रकाशन, निवन्ध प्रतियोगिता, महिला दौड प्रतियोगिता र व्याडमिण्टन प्रतियोगिताका कार्यक्रमहरु गरी दिवस मनाएका हुन् ।
बेपत्ताको अवस्था अझै सार्वजनिक भएन
बिहीबार, भदौ २३, २०७९
नेपालमा सशस्त्र द्वन्द्व अन्त्यभएको डेढ दशक पुगेकोे छ । द्वन्द्वका क्रममाधेरै मानिसको राज्य र विद्रोही पक्षबाट हत्या भयो, कतिपय बेपत्ता पनि पारिए तर अहिले सम्म ति व्यक्तिको अवस्था बारे दुवै पक्षले सार्वजनिक गरेका छैनन् । सशस्त्र संर्घष, जनआन्दोलन, मधेस आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र आयो, नयाँ संविधान जारी भयो, संघीयता कार्यान्वयनमा...
यामाहाको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना
बिहीबार, भदौ २३, २०७९
नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर खरिदमा लागु हुने कम्पनीले जनाएको हो ।
लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश
बुधबार, भदौ २२, २०७९
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।
जनता माविले मनायो ७१ औं वार्षिकउत्सव
बुधबार, भदौ २२, २०७९
पाल्पाको लामो शैक्षिक इतिहास बोकेको जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले ७१ औ वार्षिकउत्सव मनाएको छ । राणाकालिन समयमा जनताका छोरा छोरीहरुलाई पठनपाठनको लागि चन्दा संकलन, मुष्टि दानबाट विसं २००८ सालमा जनता विद्यालय स्थापना भएको थियो । वार्षिकउत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका सिंचाई, उर्जा तथा जलश्रोत मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ...
संघीय निजामती ऐनको औचित्य र आवश्यकता
बुधबार, भदौ २२, २०७९
वि.सं २०६२/०६३ को जन आन्दोलन पछि विकास भएको घटनाक्रम अनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना सहितको नेपालको संविधान २०७२ प्राप्त गर्यो । संघीयताको कार्यान्वयन सगै तीन तहको सरकारलाई मुर्त रुप दिइयो तर स्थायी सरकार मानिने निजामती कर्मचारीलाई समायोजनको नाममा इच्छा वा इच्छा विपरीत संघ, प्रदेश हुँदै स्थानीय तह सम्म...
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी
बुधबार, भदौ २२, २०७९
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनका बेला सबै राजनीतिक दलहरुले मजदुरहरुको हक हितमा काम गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा कार्यान्वयन नहुने भन्दै मजदुर वर्ग नै नेतृत्व तहमा पुग्नु पर्नेमा जोड दिए ।


