नेकपा एकीकृत समाजवादी पाल्पाको सचिवालय बैंठक
आइतबार, जेठ ७, २०८०
गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिकाका घोषणा
आइतबार, जेठ ७, २०८०
जिल्लाको गुल्मी दरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकाले जिल्लामै पहिलो पटक पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
आइतबार, जेठ ७, २०८०
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ । भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि
आइतबार, जेठ ७, २०८०
बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं-३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।
सांसद रानाले गरे रामपुरका शैक्षिक संस्थाको अवलोकन
आइतबार, जेठ ७, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूूर्वमन्त्री वीरबहादुर रानाले पाल्पा रामपुरमा रहेका विभिन्न शैक्षिक संस्थाहरुको अवलोकन गरेका छन् । उनले यहाँका शैक्षिक संस्थाहरुको अवस्थाका बारेमा बुुझ्न अवलोकन गरेका हुन् ।
महिला जनप्रतिनिधि जिम्मेवारीप्रति सचेत हुँदै
आइतबार, जेठ ७, २०८०
स्याङ्जाको वालिङ–१ की दलित महिला सदस्य सीता विक निर्वाचित हुँदा आफ्नो भूमिका र जिम्मेवारीका बारेमा अलपत्र थिइन । २०७४ मा स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका रुपमा वडामा विजयी भए पनि उनलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति पूर्णरुपमा जानकारी थिएन ।
तानसेन नगर सरकारको एक वर्ष : घर, टहरा हटाउनु मूख्य उपलब्धि
आइतबार, जेठ ७, २०८०
तानसेन नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठले नगर सरकारको दोस्रो कार्यकालको नेतृत्व सम्हालेका छन् । श्रेष्ठ नेतृत्वको सरकारले एक वर्ष पुरा गरेको हो ।
डढेलोले खानीगाउँ जोखिममा
आइतबार, जेठ ७, २०८०
जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा लागेको डढेलो खानीगाउँ जोखिममा रहेको छ । रेसुङ्गा नगरपालिका–८ को खानीगाउँ क्षेत्र नजिकै रेसुा वनमा शुक्रबार बेलुकीदेखि लागेको भीषण डढेलोले खानीगाउँ जोखिममा रहेको हो ।
स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने
आइतबार, जेठ ७, २०८०
सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्रुमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् ।
भ्रष्टाचार अक्षम्य
आइतबार, जेठ ७, २०८०
नक्कली शरणार्थीको विषय यतिबेला उत्कर्षमा छ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायत दर्जन व्यक्ति हिरासतमा छन् । उनीहरूमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरेको अभियोग छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो संगठित अपराधमा संलग्न सबै अपराधी हुन् ।
रामपुरमा सञ्चालित आवधिक योजना तर्जुमा गोष्ठी सकियो
शनिबार, जेठ ६, २०८०
रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सकिएको छ । रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित विहीबारदेखि सञ्चालन भएको गोष्ठी शनिबार सकिएको हो ।
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता
शनिबार, जेठ ६, २०८०
सरकारले ल्याएका अधिकांस नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको ३६ पृष्ठको नीति तथा कार्यक्रममा धेरै जसो पुरानै समेटिएका छन् ।
तानसेन नगर सरकारको एक वर्ष : २५ उपलब्धि
शनिबार, जेठ ६, २०८०
तानसेन नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक बर्षे कार्यकालमा गरेका २५ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले एक बर्षको अवधीमा छिटपुट बाहेक २५ मुख्य उपलब्धि हासिल गरेको बताएका छन् । कार्यालयमा पत्रकार सम्मेलनमार्फत नगर सरकारले एक बर्षको...


