रामपुरमा बजेट र वित्तिय सम्बन्धी अभिमुखिकरण
बिहीबार, जेठ ४, २०८०
कालीगण्डकीका शिक्षकलाई उत्प्रेरणामूलक कार्यशाला
बिहीबार, जेठ ४, २०८०
जिल्लाको कालीगण्डकी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि उत्प्रेरणामूलक कार्यशाला सञ्चालन गरेको छ । पालिका भित्रका प्रावि, निमावि र माविमा अध्यापन गराउने शिक्षकहरुका लागि पालिकाले दुई दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गरेको हो ।
पाल्पासहित देशभर भ्रष्टाचार विरोधी प्रदर्शन, भ्रष्टलाई कारवाही गर्ने अवसर
बिहीबार, जेठ ४, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित पूर्वमन्त्रीहरूसमेतको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि पाल्पासहित देशभर भ्रष्टाचारविरोधी अभियान सुरु भएको छ । पाल्पाको तानसेन, बुटवल, काठमाडौंको माइतीघर, कास्कीको पोखरालगायतका स्थानमा भ्रष्टाचारविरोधी प्रदर्शन भइरहेका छन् ।
श्रीनगर यातायात सहकारीको अधिवेशन, अध्यक्षमा ढुुंगाना
बुधबार, जेठ ३, २०८०
श्रीनगर यातायात सहकारी संस्था तानसेनको प्रारम्भिक साधारण सभा तथा अधिवेशन भएको छ । सहकारीको बुधबार साधारण सभा तथा अधिवेशन भएको हो ।
रामपुरमा महिन्द्राको शोरुम
बुधबार, जेठ ३, २०८०
जिल्लाको रामपुरमा महिन्द्रा गाडीको शोरुम सञ्चालनमा ल्याइएको छ । ३२ औँ शोरुम रुपमा रामपुरमा सेवा सञ्चालनमा ल्याइएको हो ।
रामपुर अटो भिलेजका सञ्चालक गणेश प्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा महिन्द्रा कम्पनीको शोरुम सञ्चालनमा ल्याएका हुन् ।
प्रेस युनियन पाल्पाको पद हस्तान्तरण
बुधबार, जेठ ३, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । तानसेनस्थित कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममाा निवर्तमान अध्यक्ष भरत शार्मले नवनिर्वाचित अध्यक्ष मन गहिरेलाई युनियनको विधान दिएर पद हस्तान्तरण गरेका हुन् ।
बेवारिसे शव पहिचान हुन सकेन
बुधबार, जेठ ३, २०८०
गत वैशाख १५ गते जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित फुलफुले सामुदायिक जंगलमा बेवारिसे अवस्थामा भेटिएको शव अहिलेसम्म पहिचान हुन सकेको छैन । शव सडेगलेको र मृतका आफ्न्ता अहिलेसम्म पनि सम्पर्कमा नआएकाले पहिचान हुन नसकेको हो ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
बुधबार, जेठ ३, २०८०
यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी लामो दूरीका सवारी साधनको भाडा घटाएको छ । डिजेलको मूल्य घटेकाले गाडी भाडामा पनि समायोजन गरिएको विभागले जनाएको छ ।
सार्वजनिक यातायातको भाडा घट्यो
बुधबार, जेठ ३, २०८०
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु
बुधबार, जेठ ३, २०८०
जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।
धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’
बुधबार, जेठ ३, २०८०
कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य...
स्वघोषणा सदस्यता त्याग गर्न पत्रकार महासंघ पाल्पाको अनुरोध
बुधबार, जेठ ३, २०८०
नेपाल पत्रकार महासंघ पाल्पाले सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बाहिर पर्ने सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गरेको छ । महासंघ पाल्पाको मंगलबार बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले जारी गरेको निर्यण अनुसार आगामी १० दिन भित्र नयाँ मापदण्ड भन्दा बाहिरका सदस्यहरुलाई स्वघोषणा गरी सदस्यता त्याग गर्न अनुरोध गरेको हो ...
ताहुँको वन कार्यालयको भवन निर्माणकार्यमा लापर्बाही
मंगलबार, जेठ २, २०८०
रम्भा ५ ताहुँको धोवादी स्थित वन कार्यालयको सव डिभिजन वन कार्यालय निर्माणका क्रममा ठेकेदारको चरम लापर्बाहीलाई जिल्ला वन कार्यालयले समयमै अनुगमन नगर्दा लार्पवाही भएको स्थानीयको गुनासो छ । निर्माण गर्दा जगमै सम्झौता अनुसारको गुणस्तर नभएको उपभोक्ताले दावा गरेका छन् ।

