Shittalpati
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
मगर एकता दिवसको सार्थकता
मगर एकता दिवसको सार्थकता सोमबार देशैभर ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । हरेक वर्षको फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा यो दिवस मनाउने गर्दछन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइएको छ । पाल्पा...
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन पाल्पाको तानसेनस्थित टक्सारटोलमा विधिवत रुपमा चीर ठड्याइएको छ । गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर आठ वर्षपछि गाडिएको हो ।
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ  । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ वर्षमा प्रवेश
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ वर्षमा प्रवेश नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८ औं वर्षमा प्रवेश गरेको छ । वित्तिय कारोबारलाई प्राविधिसँग जोड्दै अगाडि बढेको बैंक ३८ वर्षमा प्रवेश गरेको हो ।
पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो
पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो ,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
एमाले सरकारबाट बाहिरियो
एमाले सरकारबाट बाहिरियो नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका...
Weather Update