दण्डहीनतालाई प्रश्रय नदेऊ
आइतबार, जेठ १४, २०८०
यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर)
शनिबार, जेठ १३, २०८०
जिल्लाको तानसेनस्थित टुुँडिखेलमा शनिबार महिनावारी मेला भएको छ । रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीले विभिन्न संघ संस्थाहरुको सहयोगमा महिनावारी दिवसको अवसर पारेर महिनावारी मेला गरेको हो ।
काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई
शनिबार, जेठ १३, २०८०
नेपाली काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखको जिम्मेवारी जगदीश भट्टराई लाई दिइएको छ । काँग्रेसले जिल्लाको संगठन विभागको जिम्मेवारी पार्टी सचिव, युवा तथा प्रभावशाली नेता भट्टराईलाई दिएको हो ।
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक
शनिबार, जेठ १३, २०८०
सुरक्षित र बलियो घर, भवन निर्माणका लागि समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रामपुरमा भएको घर तथा भवन निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सी र रामपुर नगरपालिकाबिच सुरक्षित र बलियो घर तथा भवन निर्माणमा समन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ...
जनतालाई राहत दिने बजेट ल्याऊ
शनिबार, जेठ १३, २०८०
सरकारले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउँदै छ । विगतमा जस्तै सरकारले यसपटक पनि नीति तथा कार्यक्रम संसदमा पेश गरी छलफल गरिरहेको छ । छलफल पछि जेठ १५ मा बजेट, नीति तथा कार्यक्रम आउने छ । अब आउने बजेट कस्तो होला भनि सर्वत्र चासो समेत बढेको...
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन
शनिबार, जेठ १३, २०८०
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक
शुक्रबार, जेठ १२, २०८०
तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।
प्रेस युनियन पाल्पाले भोलि स्थापना दिवस मनाउँदै
शुक्रबार, जेठ १२, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाले भोलि ३२ औं स्थापना दिवस मनाउन लागेको छ । युनियनले शनिबार तानसेनमा रहेको निलसागर आश्रमका वृद्धवृद्धाहरुलाई एक छाक भोजनदान गरी स्थापना दिवस मनाउन लागेको हो ।
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै
शुक्रबार, जेठ १२, २०८०
जिल्लाको तानसेनमा भोलि महिनावारी मेला हुन लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारी दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते शनिबार तानसेनको टुँडिखेलमा महिनावारी मेला आयोजना गर्न लागेको हो ।
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’
शुक्रबार, जेठ १२, २०८०
नेपाली काँग्रेस गुल्मीले प्रतिनिधि सभाका सांसद् डा.चन्द्र भण्डारीले जेठ १० गते संसदमा बोलेका कुराहरुलाई आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न सरकारलाई आग्रह गरेको छ ।
गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता
शुक्रबार, जेठ १२, २०८०
गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते भएको निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णयमार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् ।
जलन उपचारको व्यवस्था गर
शुक्रबार, जेठ १२, २०८०
सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक...

