Shittalpati
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरेको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको हो ।
आज नारी दिवस मनाइदैं
आज नारी दिवस मनाइदैं आज मार्च ८ अर्थात् ११२ औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैं छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११२ औँ वर्षमा पुगेको छ ।
पाल्पामा सहिद परिवारलाई सम्मान
पाल्पामा सहिद परिवारलाई सम्मान जनयुद्वका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत पाल्पाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा बहुमतले सहिद सप्ताहा कार्यक्रम गरी जिल्लाका १० वटै स्थानीय तहका सहिद परिवारलाई सम्मान गरेको छ । सबै पालिकामा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको नेकपा...
एनआईसी एशियाले दियो दुर्घटना बीमाबापतको रकम
एनआईसी एशियाले दियो दुर्घटना बीमाबापतको रकम एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई बीमाबापतको रकम दिएको छ । उसले शुद्धोधन गाउँपालिका रुपन्देहीमा स्थायी घर भएका मृतक अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल
आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।
लोपोन्मुख हुँदै होलीको जोगिरा
लोपोन्मुख हुँदै होलीको जोगिरा नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।
रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल
रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाइन्छ । आज र भोलि हर्षोल्लासका साथ यो पर्व मनाइदैंछ । पहाडमा आज होली मनाइने भएपनि तराईका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर...
होली सभ्य रुपमा मनाऔं
होली सभ्य रुपमा मनाऔं
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
Weather Update