Shittalpati
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो ।
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी आज घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइन्छ ।
हरिशयनी एकादशी र तुलसी रोपण
हरिशयनी एकादशी र तुलसी रोपण आज आषाढ महिना शुक्ल पक्षको एघारौं दिन एकादशी तिथि । प्रत्येक बर्ष यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । पौराणिक ग्रन्थ अनुसार आजको दिनदेखि चार महिनासम्म भगवान श्री विष्णु क्षिर सागरमा रहेको शेषनागको शैयामा योग निदामा लिन हुनु भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । 
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए । 
चलचित्रमा रङ्गकर्मी
चलचित्रमा रङ्गकर्मी रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्दछन् । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् ।
राम्दीमा पुल बन्दै
राम्दीमा पुल बन्दै रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
निस्दीले गर्‍यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान
निस्दीले गर्‍यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुगी विवाह गर्ने महिलाई नगदसहित सम्मान गरेको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो ।
ललिता निवास प्रकरणमा सात जना पक्राउ
ललिता निवास प्रकरणमा सात जना पक्राउ ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्‍यो पदहस्तान्तरण 
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्‍यो पदहस्तान्तरण  रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो । 
तानसेनबाट श्रम स्वीकृति
तानसेनबाट श्रम स्वीकृति जिल्लाको सदरमुकाम तानसेनबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार तानसेन नगर सरकारले नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
Weather Update