Shittalpati
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गठबन्धन सरकारको एक महिना पुगेको छ । तर मूल्यवृद्धि नियन्त्रणप्रति भने सरकर गम्भीर बन्न सकेको छैन । नयाँ सरकार आएसँगै मूल्यवृद्धि घट्ने अपेक्षा गरेका नेपाली जनताले झन् चर्को मूल्यको सामना गर्नु परेको छ ।
दादुरा फैलन नपाओस्
दादुरा फैलन नपाओस् बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ । यहाँका पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन् । नेपालगञ्जमा भने एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ । यो अत्यन्त दुःखको कुरा हो । बेलैमा नियन्त्रणमा नलिइए अन्यत्र पनि सरी यसले महामारीकै रूप लिने जोखिम छ ...
धेरै प्रेमहरु मर्न नपरोस्
धेरै प्रेमहरु मर्न नपरोस् इलामका ३६ वर्षीय व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद् निधनले यतिबेला देश स्तब्ध भएको छ । संसद् भवनबाहिर मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार देहान्त भएसँगै स्तब्ध र आक्रोस दुवै पैदा भएको छ । उनले सामाजिक सञ्जालमा राखेको दुःखान्त जीवन–कथा जोकोहीको मथिंगल रन्थनाउन पर्याप्त छ ।
सरस्वती पूजाको महत्व
सरस्वती पूजाको महत्व श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग...
शिक्षा दिवसको सार्थकता
शिक्षा दिवसको सार्थकता अन्तर्राष्ट्रिय शिक्षा दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जनवरी २४ तारिखका दिनमा यो दिवस विश्वका अधिकांश देशहरुमा मनाइएको पाइन्छ । तर यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् ।
पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ
पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ प्रभु एयरको हेलिकप्टरका पाईलट तथा क्याप्टेन रानेश डंगोल माथि अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । स्याङ्जामा हेलिकप्टर ल्याण्ड गर्न लगाएर कुटपिट तथा अभद्र व्यवहार गर्ने ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
बैंकहरु ‘मर्जर’को लहर
बैंकहरु ‘मर्जर’को लहर पछिल्लो समय बैंकहरु एक आपसमा गाभिने क्रम चलेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि बैंकहरू धमाधम मर्जरमा गएका हुुन् । राष्ट्र बैंकले अघि सारेको नीति अनुसार ठूूला बैंकबीच मर्जरको लहर नै चलेको छ । एकपछि अर्काे बैंक तथा वित्तीय संस्था गाभिने क्रमले संख्या घट्दो...
Weather Update