राजनैतिक चिन्तन र लोकतन्त्र
बुधबार, पुस २५, २०८०
इमानदारिताको खाँचो
मंगलबार, पुस २४, २०८०
लामो संघर्षपछि ल्याइएको संघीयता माथि अहिले विभिन्न तरिकाबाट बहसहरु सुरु भएका छन् । संघीयता कार्यान्वयनकै चरणमा रहेका बेला आवश्यकता र औचित्य माथि विभिन्न कोणबाट बहस हुने गरेका छन् । कतै संघीयता आवश्यक रहेको र कतै खारेज गर्नुपर्ने सम्मका आवाज सुनिएका छन् ।
अरनिको स्मृति दिवसको सन्दर्भ
सोमबार, पुस २३, २०८०
अरनि राष्ट्रिय विभूति कलाकार हुन् । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ । उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ ।
कुसुम सहकारीको दोस्रो साधारण सभा
आइतबार, पुस २२, २०८०
पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो साधारण सभा गरेको छ । सहकारीले तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेको हो ।
स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं
आइतबार, पुस २२, २०८०
नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको छ । गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी उनीहरूको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउन राज्यले सकेको छैन । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन् ।
मायादेवी मन्दिरमा एक करोड बढी भेटी संकलन
शनिबार, पुस २१, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानबापत एक करोड बढी भेटी संकलन भएको छ । मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार भेटी संकलन भएको हो ।
छानविन प्रभावित नबनोस्
शुक्रबार, पुस २०, २०८०
बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि मन्त्रिपरिषद्को बैंठकले उच्चस्तरीय छानविन समिति गठन गरेको छ । पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलाई सदस्य बनाइएको छ ।
राष्ट्रिय सभाको मर्यादा ख्याल गरौं
बिहीबार, पुस १९, २०८०
राष्ट्रियसभा भनेको संसदीय व्यवस्थाको गहना हो । तल्लो सदन व्यवस्थापकीय कामका साथै सरकार गठन र उसमाथि ‘चेक एण्ड ब्यालेन्स’ गर्ने भूमिकामा हुन्छ भने राष्ट्रियसभाले चाहिँ प्रतिनिधिसभामा छुटेका वर्ग, समुदाय र प्रतिभाहरुलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष लिएको हुन्छ ।