Shittalpati
पाल्पामा डेंगी संक्रमण बढ्दो
पाल्पामा डेंगी संक्रमण बढ्दो जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा यहाँ २ सय ५५ जनामा  डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए ।
पाल्पामा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट 
पाल्पामा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट  पाल्पा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । सो आर्थिक वर्ष ७ सय ५१  वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा जिल्ला अदालतले ९ सय ८७  वटा मुद्दा फछ्र्यौट गर्न सफल भएको हो । यो लक्ष्यको १३१ दशमलव ४३ प्रतिशत उपलब्धि हो ।
पाल्पामा ३५४ एचआइभी संक्रमितले औषधि सेवन गर्दै
पाल्पामा ३५४ एचआइभी संक्रमितले औषधि सेवन गर्दै पाल्पामा ३ सय ५४ जना एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । हालसम्म देखिएका ८ सय ४२ जना संक्रमित मध्ये ३ सय ५४ जनाले नियमित औषधि सेवन गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विभिन्न कारणले एचआइभी संक्रमित भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका एआरटी सेन्टरबाट नियमित औषधि...
सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा आइपुग्यो
सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा आइपुग्यो नेपाली सेनाले गत चैत्र २७ गते देखि सुरु गरेको चौथों  ऐतिहासिक गोरखा–जितगढी पदयात्रा पाल्पा आइपुगेको छ । ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्धन एवं इतिहास बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु भएको पदयात्रामा सहभागी टोली आज बिहान पाल्पा आइपुगेको हो ।
पाल्पामा विश्व क्षयरोग दिवस जनचेतना कार्यक्रमसहित अभियान सञ्चालन
पाल्पामा विश्व क्षयरोग दिवस जनचेतना कार्यक्रमसहित अभियान सञ्चालन विश्व क्षयरोग दिवसको अवसरमा पाल्पामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी दिवस मनाइएको छ। कार्यक्रममा धुमपान, मद्यपान, धुलो–धुवाँ तथा प्रदूषित वातावरणमा काम गर्ने व्यक्तिहरू क्षयरोगको उच्च जोखिममा रहने तथ्य प्रस्तुत गरिएको छ।
पाल्पा अस्पतालको स्तरोन्नति गर्न सरोकारवालाको प्रतिवद्धता
पाल्पा अस्पतालको स्तरोन्नति गर्न सरोकारवालाको प्रतिवद्धता पाल्पा अस्पतालको स्तरोन्नति गर्न प्रतिवद्धत भएर लाग्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । शनिबार पाल्पा अस्पतालले आयोजना गरेको नागरिक सरोकारवालाहरुसँगको छलफलमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकाससँगै स्तरोन्नतिमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
तानसेनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ४ विधाका ६६ खेलमा प्रतिष्पर्धा हुँदै
तानसेनमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ४ विधाका ६६ खेलमा प्रतिष्पर्धा हुँदै जिल्लाको तानसेनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  तानसेनस्थित टुँडिखेल मैदानमा आजदेखि सातौं नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
नागरिकले मागेका सूचना लुकाउनु हुँदैन : बास्कोटा 
नागरिकले मागेका सूचना लुकाउनु हुँदैन : बास्कोटा  राष्ट्रिय सूचना आयोगका पूर्व सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी र पत्रकारहरुलाई आग्रह गरेका छन् ।
मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन
मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु गरिएको छ । तानसेन  नगरपालिका–१ मिसनमा रहेको अस्पतालले शुक्रबादेखि आधुनिक सिटी स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको हो ।
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन नेपालमा भदौ २३  र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएकाको सम्झनामा अमेरिकाको भर्जिनियामा दीप प्रज्वलन गरिएको छ । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण  गर्दै दीप प्रज्वलन गरेका हुन् ।
सामुदायिक सेवा केन्द्र पाल्पाको अधिवेशन, अध्यक्षमा पुन : उप्रेती
सामुदायिक सेवा केन्द्र पाल्पाको अधिवेशन, अध्यक्षमा पुन : उप्रेती सामुदायिक सेवा केन्द्र पाल्पाको १५ औं साधारण सभा तथा पाँचौं अधिवेशन  तानसेनमा भएको छ । २०६५ मा प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध वढाउने र साझेदारीको रूपमा समाजमा भएका विकृति हटाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको केन्द्रले शनिबार एक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
Weather Update