Shittalpati
सामुदायिक सेवा केन्द्र पाल्पाको अधिवेशन, अध्यक्षमा पुन : उप्रेती

पाल्पा, सामुदायिक सेवा केन्द्र पाल्पाको १५ औं साधारण सभा तथा पाँचौं अधिवेशन  तानसेनमा भएको छ । २०६५ मा प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध वढाउने र साझेदारीको रूपमा समाजमा भएका विकृति हटाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको केन्द्रले शनिबार एक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।

अधिवेशनको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले  उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै एसपी भट्टराईले समाजमा देखापर्ने साना तिना समस्या समाधान  र निराकरण गर्न केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए ।  उनले जनचेतनाका माध्यमबाट लागुऔषध नियन्त्रण, आत्महत्या दुरुत्साहन, ट्राफिक सचेतनाका साथै वातावरणीय सरसफाईमा केन्द्रले गरेको कामको प्रशंसा समेत गरे ।

कार्यक्रममा तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागर मान महर्जन, पाल्पा ब्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की,  पाल्पा उद्योग वाणिज्य संघका सदस्य लक्ष्मण रेग्मी, केन्द्रका  संस्थापक सचिव बुद्धिप्रसाद शर्मा, सदस्य भेषराज सुवेदी लगायतले संस्थाले सामाजिक क्षेत्रमा गर्दै आएको काम प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे । 

केन्द्रको सचिव कमल तिमिल्सेनाले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गरिब, असहाय, बालबालिकाको अध्ययनका लागि शैक्षिक सामग्री वितरण गरेर उल्लेखनिय काम गर्नुको साथै समाज रुपान्तरणको लागि  रचनात्मक कार्य गरेको बताए । संस्थाका कोषाध्यक्ष राजेश भट्टराईले आर्थिक प्रतिबेदन पेश गरेका थिए । केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षता, उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत र सचिव कमलराज तिमिल्सेनाको सञ्चालनमा उ्घाटन शत्र कार्यक्रम भएको थियो ।

 अध्यक्षमा पुन : उप्रेती

अधिवेशनले अध्यक्षमा पुनः जय प्रकाश उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । संस्थामा रहेर इमान्दारितापूर्वक काम गरेका कारण उनलाई अधिवेशनले पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । जसको उपाध्यक्षहरुमा मुक्तिराम शर्मा, सरस्वती भट्टराई, सचिवमा राजेशकुमार भट्टराई, सह– सचिवमा भविन्द्र गौतम, कोषाध्यक्षमा कृष्ण गहतराज, सह– कोषाध्यक्षमा रेखा विष्ट रहेका छन् । यस्तै सदस्यहरुमा ठाकुर अधिकारी, गीता भट्टराई, रमेश बोहोरा, दलबहादुर राजपुत, रामकुमारी राना, देवु तङ्लामी मगर, भरत खड्की, अनिल समर खाती, गणेशबहादुर खाती, तारा श्रीस (उचैं), ठाकुरध्वज कार्की, शान्ता बोहोरा रहेको केन्द्रले जनाएको छ ।   

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update