निस्दीका आगलागी पीडित परिवारलाई काँग्रेसको सहयोग
सोमबार, पुस १६, २०८०
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ पाल्पासहित देशभर दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो ।
टोपी दिवसको औचित्य
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
गुल्मी काँग्रेसले भोलि मेलमिलाप दिवस मनाउने
आइतबार, पुस १५, २०८०
नेपाली काँग्रेस गुल्मीले भोली ४८ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने भएको छ । मंसिर ९ र १० गते सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले गरेको निर्णयलाई कार्यान्यन गर्दै काँग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला भित्रका ९३ वडामा एकै दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो ।
रायमाझी कूलदेवता तानसेन नगर समितिद्वारा जेष्ठ नागरिक सम्मानित
आइतबार, पुस १५, २०८०
रायमाझी कूलदेवता तानसेन नगर समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले आइतबार तानसेनमा २० औं साधारण सभाको अवसरमा ५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन
शनिबार, पुस १४, २०८०
पाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको हो ।
ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।
बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु
शुक्रबार, पुस १३, २०८०
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा युवकको मृत्यु भएको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी
बिहीबार, पुस १२, २०८०
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च
बिहीबार, पुस १२, २०८०
लुम्बिनी प्रदेश सरकारको हालको बजेट खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन । चालु आर्थिक वर्षको ४ महिनाको अवस्थालाई हेर्दा यहाँको बजेट खर्चको अवस्था निराशजनक देखिएको हो ।
तम्घासमा खाद्यको शाखा कार्यालय
बिहीबार, पुस १२, २०८०
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ । मुल्य अनुसारको गुणस्तरीय खाद्यान्न उपयोगको सुनिश्चितताका लागि जिल्लाको रेसुङ्गा नगरपालिकास्थित तम्घासमा खाद्यको शाखा सञ्चालनमा ल्याइएको हो ।
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
मंगलबार, पुस १०, २०८०
ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।


