पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ११ घाइते
मंगलबार, फागुन १, २०८०
मैत्रीपूर्ण क्रिकेट : जेसिज पाल्पाद्वारा बैंकर्स संघ पराजित
सोमबार, माघ २९, २०८०
जेसिज पाल्पाले मैत्रीपूर्ण क्रिकेट खेलमा बैंकर्स संघ पाल्पालाई ९ विकेटले पराजित गरेको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दी खेल मैदानामा भएको खेलमा बैंकर्स संघले दिएको ९० रनको लक्ष्य पछ्याएको जेसिजले १४.४ ओभरमा ९१ रन बनाउँदै जित निकालेको हो ।
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
आइतबार, माघ २८, २०८०
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । नेपालसहित विश्वभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आइएको हो ।
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित
शनिबार, माघ २७, २०८०
नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो ।
काँग्रेस महासमिति बैंठकमा पाल्पाको साझा अवधारणा
शुक्रबार, माघ २६, २०८०
नेपाली काँग्रेस पाल्पाले महासमितिको केन्द्रीय बैंठकका लागि साझा अवधारणा बनाएको छ । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका महासमिति सदस्यहरुको शुक्रबार रम्भा गाउँपालिकाको रिमिघा लेकमा बसेको बैंठकले महासमितिको केन्द्रीय बैंठकका लागि साझा अवधारणा बनाएको हो ।
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै
बिहीबार, माघ २५, २०८०
जिल्लाको रम्भा गाउँपालिका २ र ३ स्थित रिमिघा लेकमा नेपाली काँग्रेस पाल्पाको महासमिति बैंठक बस्ने भएको छ । काँग्रेसले संविधान निर्माता, पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर शुक्रबार (भोलि) रिमिघामा अवधारण पत्र तयारी महासमिति बैंठक राखेको हो ।
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल
बुधबार, माघ २४, २०८०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्छ’
बुधबार, माघ २४, २०८०
नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औं वाार्षिक साधारणसभालाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका राणाले स्वास्थ्य जस्तो संवदेशील विषयमा स्वयंसेवक भावना राख्नुपर्ने बताएका हुन् ।
संघीय संसद्को हिउँदे अधिवेशन सुरू
मंगलबार, माघ २३, २०८०
संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।
मतदाता नामावलीमा छुुटेकालाई नाम दर्ता गर्न आह्वान
मंगलबार, माघ २३, २०८०
निर्वाचन आयोगले मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।
बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति
सोमबार, माघ २२, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् ।
पत्रकार अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत
सोमबार, माघ २२, २०८०
पाल्पाली पत्रकार माधव अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा एक कार्यक्रमका बीच अर्याललाई उक्त पुुरस्कारबाट पुरस्कृत गरेको हो ।
पोखराथोकमा जारी श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकियो
आइतबार, माघ २१, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा जारी तीन दिने श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराथोक शाखाको आयोजनामा सञ्चालित महायज्ञ शनिबार सकिएको हो ।


