पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
शनिबार, माघ ६, २०८०
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा
शनिबार, माघ ६, २०८०
पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट (एनसीसी) कप २०८० को फाइनल खेलमा एमआइबी तानसेन र आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ ।
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु
शुक्रबार, माघ ५, २०८०
रूपन्देहीको देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा टिपर दुर्घटना भएको छ । बिहीबार साँझ लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
बिहीबार, माघ ४, २०८०
त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ ।
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम
आइतबार, पुस २९, २०८०
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम दिइएको छ । पाल्पा जेसीज बर्ष २०२४ ले आफ्नो शाखाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन ब्यक्तिगत क्षेत्रतर्फको लोम अफिसर तालिम पदाधिकारीलाई दिइएको हो ।
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा
आइतबार, पुस २९, २०८०
पाल्पाका साहित्यकारहरुले दुई दिने साहित्यिक यात्रा गरेका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा जिल्लाका साहित्यकारहरुको एक टोली विभिन्न जिल्लाको यात्रा गरेको हो ।
खानेपानी आवश्यकता परिपूर्ति गर्न प्रतिवद्ध छौं : नगर प्रमुख थापा
आइतबार, पुस २९, २०८०
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीलाई खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । रजघरा खानेपानी तथा उपभोक्ता समिति रामपुर–३ रजघराको प्रथम साधारण सभालाई सम्बोधन गर्दै खानेपानीको आवश्यकता परिपूर्ति गर्न नगर सरकार सधैव प्रतिवद्ध रहेको बताएका हुन् ।
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित
शुक्रबार, पुस २७, २०८०
जिल्लाको रामपुर नगरपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको छ । नगर सरकारले नगर सभाको १४ औँ अधिवेशन समापन गर्दै बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको हो ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
शुक्रबार, पुस २७, २०८०
आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुस २७ गते मनाउने गरिन्छ ।
एसईई चैत पहिलो साता हुने, एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
बिहीबार, पुस २६, २०८०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता गर्ने तयारी थालेको हो ।
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना
बिहीबार, पुस २६, २०८०
जिल्लाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो ।
पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित
बुधबार, पुस २५, २०८०
पाल्पा जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक बुधबार तानसेनमा बसेको छ । अर्जुन कार्कीको नेतृत्वमा नयाँ समितिले शनिबार पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।
कोभिडको सब–भेरियन्ट पुष्टिसँगै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
मंगलबार, पुस २४, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलो पटक फेला परेको पुष्टि गरेको छ ।


