छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
त्रिविको उपकुलपतिमा केशरजंग नियुक्त
बिहीबार, फागुन १०, २०८०
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई २०औँ उपकुलपतिका रुपमा नियुक्त गरेका हुन्
अतिक्रमित सरकारी जग्गाको विवरण संकलन गर्न देशभरका प्रशासनलाई गृहको निर्देशन
बिहीबार, फागुन १०, २०८०
गृह मन्त्रालयले अतिक्रमणमा परेका सरकारी जग्गाको विवरण संकलन गरी पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कारवाहीका लागि विवरण संकलन गरेर पठाउन निर्देशन दिएको हो ।
पाल्पाको प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला
बुधबार, फागुन ९, २०८०
पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कूलमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ । पाल्पा प्यारागन राष्ट्रिय दीगो पयर्टन क्लव र प्यारागन ग्रीन फर गूड क्लवको संयूक्त आयोजनामा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला प्रतियोगिता भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा
बुधबार, फागुन ९, २०८०
तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट श्री ७ भीमसेनको रथ यत्रा निकालिएको छ । बुधबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको हो ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
बुधबार, फागुन ९, २०८०
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैंछ । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको हो । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ ।
चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार
बुधबार, फागुन ९, २०८०
रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले २०७९ सालको जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार चोलेश्वर शर्माको “सगरमाथा एक पहाडको नाम होइन” निबन्ध सङ्ग्रहलाई प्रदान गर्ने भएको छ । मोफसलको सबैभन्दा पुरानो पुरस्कार गुठी रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्रेम छोटाका अनुसार हरेक दुई/दुई वर्षमा प्रदान गरिँदै आएकोमा २०७९ देखि पुरस्कार प्रत्येक वर्ष प्रदान...
फागुन १९ देखि तानसेन महोत्सव हुँदै
मंगलबार, फागुन ८, २०८०
तानसेनको टुँडिखेल मैदानमा यही फागुन १९ गतेदेखि तानसेन महोत्सव २०८० हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको हो ।
टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, फागुन ७, २०८०
जिल्लाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ स्थित रहेको घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
प्रजातन्त्र दिवस, देशभर मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।
आज निर्वाचन दिवस मनाइँदै
सोमबार, फागुन ७, २०८०
आज आठौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको हो ।
पहिलो दिन नै नेप्सेमा गिरावट
आइतबार, फागुन ६, २०८०
सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अंकले गिरावट आएको हो । नेप्से ओरालो लागेसँगै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।
लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै, तयारी तिव्र
आइतबार, फागुन ६, २०८०
लुम्बिनीमा फागुन २८ देखि २९ गते सम्म चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा सम्मेलन हुन लागेको हो ।

