Shittalpati
आज विश्व सिमसार दिवस मनाइदैं
आज विश्व सिमसार दिवस मनाइदैं आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष नेपालमा दिवसको नारा ‘सिमसार र मानवको कल्याण’ भन्ने तय गरिएको छ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन यो दिवस मनाउने गरिएको हो ।
एनसेल घोटलाका विरुद्ध  पाल्पा शान्ति समाज, गर्‍यो  साताव्यापी विरोध प्रदर्शन
एनसेल घोटलाका विरुद्ध पाल्पा शान्ति समाज, गर्‍यो साताव्यापी विरोध प्रदर्शन मानव अधिकार तथा शान्ति समाज पाल्पाले साताव्यापी कार्यक्रमको आयोजना गरी एनसेल घोटला प्रकरणको विरोध गरेको छ । समाजले तानसेनमा माघ १२ गतेदेखि जिल्ला प्रशान कार्यालय अगाडिबाट सुरु गरेको विरोध प्रर्दशन तानसेनका विभिन्न चोक चोकमा गरेको थियो ।   
रैनादेवी छहरामा पुरुष मृत फेला
रैनादेवी छहरामा पुरुष मृत फेला जिल्लाको रैनादेवी छहरामा एक पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान पाल्पा रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका हुन् ।
उपप्राध्यापक शर्माको ‘बुद्धि शोककाव्य’ प्रकाशित
उपप्राध्यापक शर्माको ‘बुद्धि शोककाव्य’ प्रकाशित तानसेन बहुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक नारायणी शर्माको ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित भएको छ । लेखक शर्माले बाबा बुद्धिनाथ आचार्यको स्मृतिमा समर्पित खण्डकाव्यको रुपमा ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित गरेकी हुन् ।
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
७१ औँ विश्व कुष्ठरोग दिवस मनाइयो
७१ औँ विश्व कुष्ठरोग दिवस मनाइयो विश्व कुष्ठरोग दिवस आइतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
शीत कृति ‘आहा’को लोकार्पण 
शीत कृति ‘आहा’को लोकार्पण  शीत कृति ‘आहा’को लोकार्पण गरिएको छ । अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित कृतिको एक कार्यक्रमकाबिच पोखरामा लोकार्पण गरिएको हो । 
सरकारसमक्ष पाल्पालीको माग  : भगवती जात्रालाई राष्ट्रिय उत्सवका रुपमा घोषणा गरौं 
सरकारसमक्ष पाल्पालीको माग  : भगवती जात्रालाई राष्ट्रिय उत्सवका रुपमा घोषणा गरौं  ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा  घोषणा गर्न पाल्पालीले सरकार समक्ष माग गरेका छन् ।
आजबाट काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ : झापाको मेची भन्सारबाट आरम्भ गर्दै
आजबाट काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ : झापाको मेची भन्सारबाट आरम्भ गर्दै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले १३ माघ (आज) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्ने भएका छन् । महामन्त्री थापाले शनिबार बिहानदेखि झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्न लागेका हुन् । 
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने जिल्लाका  दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका  तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक  निश्चित समयका लागि बन्द हुने भएका  हुन् । 
आज अन्तर्राष्ट्रिय भन्सार दिवस
आज अन्तर्राष्ट्रिय भन्सार दिवस अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । 
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।
Weather Update