पाल्पामा नियमित रक्तदाता संघ गठन, अध्यक्षमा भण्डारी
शुक्रबार, फागुन ४, २०८०
रामपुरमा कुकुरको स्थायी बन्ध्याकरण
शुक्रबार, फागुन ४, २०८०
जिल्लाको रामपुरमा सामुदायिक कुकुरको व्यवस्थापनका लागि स्थायी बन्ध्याकरण गरिएको छ । कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको आतंक न्यूनिकरणका लागि शिविरमार्फत बन्ध्याकरण गरिएको हो ।
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ
बिहीबार, फागुन ३, २०८०
सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको बिदाइ गरिएको छ । प्रहरीको फेरी भेटौंला कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न संघ संस्था, राजनीतिक दल, पत्रकारहरुले एसपी शर्माको बिदाइ गरेका हुन् ।
‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट गायक रामचन्द्र सम्मानित
बिहीबार, फागुन ३, २०८०
गुल्मेली गायक रामचन्द्र चन्द ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड २०८० बाट सम्मानित भएका छन् । कल्पना गैरे स्मृति फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्डबाट चन्द सम्मानित भएका हुन् ।
ट्रकमा राखेर ल्याइँदै गरेका १८ गोरु प्रहरी नियन्त्रणमा
बिहीबार, फागुन ३, २०८०
जिल्लाको तिनाउ गाउँपालिका– ३ स्थित बेलबास–दोभान कच्चि सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरु पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
ग्लोबल बैंकको सहुलियत ब्याजदरमा घर कर्जा
बिहीबार, फागुन ३, २०८०
ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित निश्चित आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।
पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
बुधबार, फागुन २, २०८०
विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी बुधबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए ।
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदैं
बुधबार, फागुन २, २०८०
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं
बुधबार, फागुन २, २०८०
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ।
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो
बुधबार, फागुन २, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु...
पाल्पामा जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न सांसद राना सहित काँग्रेस नेताहरु अस्पतालमा
मंगलबार, फागुन १, २०८०
लुम्बिनी प्रदेश सांसद वीर बहादुर राना मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा भएको जिप दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
पाल्पामा जिप दुर्घटना : मृतको संख्या १० पुग्यो, घाइते १८ (अपडेट)
मंगलबार, फागुन १, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु, घाइतेको संख्या १८ पुग्यो (अपडेट)
मंगलबार, फागुन १, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो ।


