Shittalpati
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना तानसेनको मोहन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का (छात्रा) बहिनीहरुले एसइई दिने दिदी (छात्रा)हरुलाई सफलताको शुभकामना दिएका छन् । उनीहरुले एक औपचारिक कार्याक्रमको आयोजना गरी एसइईको तयारीमा रहेका दिदीहरुलाई शुभकामना दिएका हुन् ।  
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) पाल्पाले जिल्लामा  मापदण्ड विपरीत सञ्चालित चुनढुङ्गा खानी रोक्न पाल्पाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । वाइसीएलले प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेलाई भेटेर मापदण्ड विपरीत सञ्चालनमा आएका चुनढुङ्गा खानी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो । 
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम 
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम  जिल्लाको रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यल प्रवचन कार्यक्रम गरेको हो ।
रामपुरमा मेलमिलाप सम्बन्धी तालिम
रामपुरमा मेलमिलाप सम्बन्धी तालिम जिल्लाको रामपुरमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजनामा तालिम भएको हो । २० गतेसम्म सञ्चालन हुने तालिमको नगर प्रमुख रमणबहादुर थापाले  उद्घाटन गरेका हुन् ।
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला दैनिक दिउँसोमा चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि खुला गरिएको छ । पहाड काट्ने काम लगभग सकिएकाले चौविसै घण्टा बाटो खुला गरिएको हो ।
पाल्पा जेसीजलाई चितवनमा अवार्ड
पाल्पा जेसीजलाई चितवनमा अवार्ड पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।
तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह
तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह तानसेन खानेपानी उपभोक्ता समितिले विद्युत आपूर्ति सहज बनाइदिन विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पा शाखालाई आग्रह गरेको  छ । शुक्रबार समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर दिलिप मरासेनीलाई भेटेर तानसेनको विद्युत आपूर्ति सहज बनाइदिन आग्रह गरेको हो ।
खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु
खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु खोलामा डुवेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुवेर रैनादेवी छहरा गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको हो ।
Weather Update