आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा
सोमबार, फागुन २८, २०८०
चिर्तुङ्गधारामा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास
सोमबार, फागुन २८, २०८०
जिल्लाको बगनासकाली–१, चिर्तुङ्गधारा स्थित हिराबारीमा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाले ज्ञान मन्दिर भवनको शिलान्यास गरेको हो ।
सुनको भाउ बढेको बढ्यै
आइतबार, फागुन २७, २०८०
पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा सुनको मूल्य बढेर आइतबार नयाँ रेकर्ड बनाएको छ । सो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला एक हजारले बढेर नयाँ उचाइमा...
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण
शुक्रबार, फागुन २५, २०८०
जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो ।
तानसेन ४ मा नारी दिवस : नारी हकहित र अधिकारका कुरा
बिहीबार, फागुन २४, २०८०
तानसेन नगरपालिका ४ मा नारी दिवसको अवसरमा कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका टोलविकास समितिमा आवद्ध महिलाहरुले बिहीबार ११४ औं दिवसको सन्दर्भ पारेर कार्यक्रम गरेका हुन् ।
कालिगण्डकी गाउँ सरकारको सार्वजनिक सुनुवाइ, अध्यक्ष थापा भन्छन् ‘जनताको सेवाप्रति प्रतिबद्ध छौँ’
बिहीबार, फागुन २४, २०८०
जिल्लाको कालिगण्डकी गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले चालु आर्थिक वर्षको फागुन २३ गतेसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा वडा– १ हर्मिचौरको फरिण्डाँडामा सार्वजनिक सुनुवाई गरेको हो ।
पाल्पा कारागारका महिला बन्दीलाई भाँडा वर्तन
बिहीबार, फागुन २४, २०८०
पाल्पा कारागारमा रहेका महिला बन्दीहरुलाई भाँडा वर्तन सहयोग गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले कारागारका महिला बन्दीहरुलाई भान्सामा दैनिक रुपमा प्रयोग हुने भाँडा वर्तन सहयोग गरेको हो ।
रेडक्रस सोसाइटी युजुरेसको स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता
मंगलबार, फागुन २२, २०८०
नेपाल रेडक्रस सोसाइटी युवा जुनियर रेडक्रस सर्कलको ६० औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको हो ।
रामपुरमा सञ्चालित मेलमिलाप सम्बन्धी तालिम सकियो
मंगलबार, फागुन २२, २०८०
जिल्लाको रामपुर नगरपालिका भित्र सञ्चालित आठ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । रामपुर नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि भएको तालिम सकिएको हो ।
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न
सोमबार, फागुन २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, फागुन २०, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, आगलागी र अकस्मात भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको अकालमै ज्यान गएको हो ।
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
आइतबार, फागुन २०, २०८०
आज विश्व वन्यजन्तु दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैं छ । प्रत्येक वर्षको मार्च ३ तारिखका दिनमा यो दिवस मनाइने गरिन्छ । झन्डै एक दशकअघि राष्ट्रसंघले आजैका दिनमा यो दिवस मनाउने घोषणा गरेपछि विश्वभर नै वन्यजन्तुहरुको सुरक्षा र संवर्धनका लागि यस दिवसलाई विशेष उद्देश्यमूलक तरिकाले मनाइँदै आइएको हो ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई ‘स्मार्ट बुक’
आइतबार, फागुन २०, २०८०
जिल्लाको रामपुर नगर सरकारले यहाँका विद्यालयहरुलाई स्मार्ट बुक दिएको छ । नगर सरकारले यहाँका ४ वटा विद्यालयलाई अडियो डिभाईश सहितको स्मार्ट बुक दिएको हो ।


