सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार, माघ १८, २०८१
सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा
बिहीबार, माघ १७, २०८१
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (विहबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।
सहिद दिवसको औचित्य
बुधबार, माघ १६, २०८१
माघ १६ आज सहिद दिवस । देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको छ ।
आज विश्व कुष्ठरोग दिवस मनाइँदै
आइतबार, माघ १३, २०८१
७२ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गर्ने उद्देश्यले आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं
आइतबार, माघ १३, २०८१
जनवरी महिनाको अन्तिम आइतबार अर्थात् आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो ।
रेमिट्यान्सको मात्र भर नपरौं
बिहीबार, माघ १०, २०८१
नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले नै ओगटेको पाइन्छ । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउन उद्धत देखिन्छ ।
नेप्से र कारोबार रकम दुवै बढे
बुधबार, माघ ९, २०८१
कारोबार साताको चौथौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै बढेका छन् । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से र कारोबार दुवै बढेका हुन् ।
खाँचो अनुगमनको
मंगलबार, माघ ८, २०८१
सर्वसाधारण जनताको ढाड सेक्ने गरी महँगी बढेको छ । विशेष गरी उपभोग्य वस्तुहरुको मूल्य अत्यधिक आकाशिएको छ । उपभोक्ता अधिकार संरक्षणका नाममा चाडपर्वलक्षित अनुगमनले बजार सुध्रन नसक्दा उपभोक्ता ठगिइरहेका छन् ।
साझा पर्व : माघे संक्रान्ति
बुधबार, माघ २, २०८१
सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति । तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन् ।
भूकम्पको धक्का : ख्याल गरौं
शुक्रबार, पुस २६, २०८१
केही दिन यता नेपालमा भूकम्पका साना– ठूला पराकम्पनहरु गइरहेका छन् । पटक–पटक गएको भूकम्पको धक्काले नेपालमा २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुधबार, पुस २४, २०८१
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।


