Shittalpati
सुनको भाउ तोलामा ७ सय बढ्यो

काठमाडौं,  नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार आठ सय रूपैयाँ पुगेको थियो । यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update