नवजनचेतना राष्ट्रिय दैनिक २०८२ असार १९ गते बिहीबार
बिहीबार, असार १९, २०८२
आज खेलकुद पत्रकार दिवस मनाइँदै
बुधबार, असार १८, २०८२
आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो ।
पाल्पा जेसिजद्वारा विद्यालयमा मनोविमर्श
सोमबार, असार १६, २०८२
पाल्पा जेसिजले जिल्लाको एक सामुदायिक विद्यालयमा मनोविमर्श कार्यक्रम गरेको छ । उसले “मन स्वस्थ रहे जीवन स्वस्थ रहन्छ” भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको माथागढी गाउँपालिका–१, बुढीकोटस्थित आदर्श आधारभूत विद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम गरेको हो ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
आइतबार, असार १५, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रिब्दीकोट गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको हो ।
तानसेनका अर्जुनले गरे सगरमाथाको सफल आरोहण
शनिबार, असार १४, २०८२
जिल्लाको तानसेन नगरपालिका –७ काजीपौवाका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ १३ गते बिहान ६ बजेर १८ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
नर्स र विद्यार्थीलाई प्रजनन् सम्बन्धी अभिमुखिकरण
शनिबार, असार १४, २०८२
जिल्लाको रामपुर नगरपालिकामा किशोर–किशोरी र विद्यालय नर्सहरुका लागि प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शुक्रबार, असार १३, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, रूकुम पश्चिम, मोरङ र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती
शुक्रबार, असार १३, २०८२
जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।


