रवि लामिछाने कारागार चलान
सोमबार, चैत २५, २०८१

रोकिएन शिक्षकको आन्दोलन
आइतबार, चैत २४, २०८१
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन अझै रोकिएको छैन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।

रामपुरका सहकारीलाई सुशासन सम्बन्धी अभिमुखीकरण
आइतबार, चैत २४, २०८१
जिल्लाको रामपुर क्षेत्रभित्र रहेका सहकारीहरुलाई सुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । पछिल्लो समय सहकारीहरुमा सुशासनको परिपालन नहुँदा देशका केही सहकारी संस्थाहरुमा समस्या उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले यहाँका सहकारीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

आज रामनवमी, देशभर सार्वजनिक विदा
आइतबार, चैत २४, २०८१
मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि आज रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो ।

विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै
आइतबार, चैत २४, २०८१
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस नेपालसहित विश्वभर आज मनाइँदैछ । हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु...

आज चैते दशैं पर्व मनाइदैं
शनिबार, चैत २३, २०८१
नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

कालीगण्डकीमा एक पुरुष मृत फेला
शुक्रबार, चैत २२, २०८१
कालीगण्डकीमा नदीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे आज मृत अवस्थामा फेला परेका हुन् ।

रिब्दीकोटमा आगो निभाउन गएका एक पुरुषको मृत्यु
शुक्रबार, चैत २२, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा एक पुरुषको ज्यान गएको छ । आगो निभाउने क्रममा अचानक भिरबाट लडेर सोही ठाउँका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।

कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बिहीबार, चैत २१, २०८१
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्रिय सहकारी दिवसको अवसरमा पाल्पामा प्रभात फेरी (तस्बिरहरु)
बुधबार, चैत २०, २०८१
पाल्पामा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ । सहकारी संस्थाका सञ्चालक, कर्मचारी लगायतको सहभागीतामा प्रभात फेरीको आयोजना गरिएको हो ।

आज राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, चैत २०, २०८१
आज राष्ट्रिय सहकारी दिवस पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले विशेष कार्यक्रम गरी ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागेका छन् ।