पाल्पा, आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै छ । हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
१९९६ मा, संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो । त्यसपछि हरेक वर्ष १६ नोभेम्बरमा यस दिवस मनाउने गरिन्छ । विश्वमा असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरुको बारेमा जागरण फैलाउन युनेस्कोले विश्वभर विभिन्न सम्मेलन र समारोहहरूको आयोजना गर्ने गर्दछ । यस्ता समारोहहरुमा सहनशीलता र अहिंसाको प्रवद्र्धनको बारेमा छलफल हुने गर्दछ । विश्वभर कतै दुव्र्यवहार, कतै घृणा त कतै आतंकवादी हमलाहरूले मानव समुदायलाई एकताको सूत्रमा बाँध्न सकिरहेको छैन । त्यसकारण सहिष्णुता, सद्भाव र सहनशीलता बढाउन युनेस्कोले दिवसको आÞवान गरी कार्यक्रम गर्ने गरेको हो । ९० को दशकमा अफ्रिका, बाल्कन र काकेशसमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो । नरसंहार का पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवद्र्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस्’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो । अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ । मानव समुदायलाई एकताको शुत्रमा बाँध्न बढ्दै गएको असहिष्ण व्यवहार र गहिरो बन्दै गएको सामुदायिक अशान्तिका मुद्दालाई यो दिवसले कम गर्ने सन्देश दिन्छ । मानवीय त्रुटि र जटिलताबाट मुक्ति मिली शान्तिको लागि सहनशीलताको मुख्य भूमिका रहन्छ ।


