हिमालयन बैंकका ग्राहकलाई विशेष छुट
मंगलबार, असोज ९, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
सोमबार, असोज ८, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु
सोमबार, असोज ८, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । स्थानीय शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा काम गर्ने मजदुरको मृत्यु भएको हो ।
पत्रकार चापागाईंको रचनामा ‘परदेशी २’ फिल्मको गीत सार्वजनिक
सोमबार, असोज ८, २०८०
पत्रकार सतिस चापागाईको रचना, नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत बजारमा आएको छ । उक्त रचना रहेको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक भएको हो ।
तानसेनमा युवा जुनियर रेडक्रस गोष्ठी
सोमबार, असोज ८, २०८०
जिल्लाको तानसेनमा नगरस्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेनको आयोजनामा तानसेनस्थित पप नमुना माविमा एक दिने गोष्ठी भएको हो ।
स्वास्थ्यकर्मी शर्माद्वारा पाल्पा उद्योग वाणिज्य संघमा एक लाख २५ हजारको अक्षयकोष स्थापना
आइतबार, असोज ७, २०८०
स्वास्थ्यकर्मी रुक्मागत शर्माले पाल्पा उद्योग वाणिज्य संघमा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनले हरेक वर्ष सरकारी स्कूलमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् ।
टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामपुर नगर सरकार
आइतबार, असोज ७, २०८०
जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।
मैत्री क्लवद्वारा सरसफाई र अस्पतालका विरामीलाई फलफूल
आइतबार, असोज ७, २०८०
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले सरसफाईसँगै अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । क्लवले ४३ औं सामाजिक दिवसका अवसरमा टोल सरसफाईसँगै पाल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’
आइतबार, असोज ७, २०८०
पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
आइतबार, असोज ७, २०८०
तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो ।
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपको आय–व्यय सार्वजनिक
आइतबार, असोज ७, २०८०
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पाल्पा जिल्ला फुटबल संघले जेठ १५ देखि २७ गतेसम्म तानसेनको टुँडिखेलमा सञ्चालन गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबिच आय–व्यय सार्वजनिक गरेको हो ।
पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा : काँग्रेस नेता श्रेष्ठ
शनिबार, असोज ६, २०८०
नेपाली काँग्रेस लुुम्बिनी प्रदेशका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा थप्ने काम गरेको बताएका छन् ।
लुगाको दुनियामा नौलो आयाम : बुटवलमा लुगा घर
बिहीबार, असोज ४, २०८०
बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा नेपाली लुगा घर सञ्चालनमा आएको हो ।


