डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
शनिबार, साउन २०, २०८०
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
शनिबार, साउन २०, २०८०
पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।
मिसन अस्पतालमा बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत् , जस लिने दाउमा राजनीतिक दल
शुक्रबार, साउन १९, २०८०
तानसेनस्थित युनाईट मिसन अस्पतालले बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत राखेको जनाएको छ । साउन १२ गते पत्रकार सम्मेलन गरी साउन २१ गतेदेखि बिमा उपचार सेवा स्थगित गर्ने निर्णय गरेको अस्पतालले सो निर्णय यथावत् रहेको जनाएको हो ।
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै
शुक्रबार, साउन १९, २०८०
संगठन सुुदृढीकरणमा लागेको नेपाली काँंग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिन लागेको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाली क्रिकेटका पूर्वकप्तान ज्ञानेन्द्रले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास
शुक्रबार, साउन १९, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’
शुक्रबार, साउन १९, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पालिकाले गरेको निर्णय र समाचारमा आएका कुराहरुमा कुनै सत्यता नभई राजनीतिक पूर्वाग्रह साँधिएको बताएका हुन् ।
लुम्बिनीमा एक सय ९१ जनामा डेंगी
बिहीबार, साउन १८, २०८०
लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको हो ।
गुल्मीको मालिकामा ७० वर्षीय वृद्ध मृत फेला
बिहीबार, साउन १८, २०८०
जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३ पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७० वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बिहीबार, साउन १८, २०८०
जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
बिहीबार, साउन १८, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।
महिलालाई क्रेडिट कार्ड निःशुल्क
बिहीबार, साउन १८, २०८०
महिलाले निःशूल्क रुपमा क्रेडिट कार्ड पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको हो । बैंकले श्रावण स्पेसल अफर अन्तर्गत यो सेवा दिन लागेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ...
पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो
बुधबार, साउन १७, २०८०
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।
पाल्पाको रिब्दीकोटमा सुतेकै ठाउँमा मृत भेटिए ५४ वर्षीय पुरुष
बुधबार, साउन १७, २०८०
,जिल्लाको रिब्दीकोट गाउँपालिका –७ मैनादी कटहरबारीमा एक पुरुष मृत भेटिएका छन् । कटरबारीस्थित खाली गोठमा एक्लै बस्दै आएका रैनादेवी छहरा गाउँपालिका –५ अधेरी खोलाका ५४ वर्षीय नेत्रप्रसाद पराजुली सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

