आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
बिहीबार, असोज ४, २०८०
आज देशभर संविधान दिवस मनाइदैं
बुधबार, असोज ३, २०८०
आज देशभर संविधान दिवस मनाइदैं छ । संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ८ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
मंगलबार, असोज २, २०८०
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...
रामपुर नगरपालिकामा शैक्षिक अन्तर्क्रिया
मंगलबार, असोज २, २०८०
रामपुर नगरपालिकाको शिक्षा शाखाको वार्षिक समीक्षा तथा शैक्षिक अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरको समग्र शैक्षिक अवस्था, विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, समस्या र चुनौती लगायतको विषयमा समीक्षा गरेको हो ।
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
आइतबार, भदौ ३१, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
आइतबार, भदौ ३१, २०८०
नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ । काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ ।
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शुक्रबार, भदौ २९, २०८०
तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ
शुक्रबार, भदौ २९, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
शुक्रबार, भदौ २९, २०८०
आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ५९ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो
बिहीबार, भदौ २८, २०८०
जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुुन् ।
बुवाको मुहारमा खुसी हेर्ने दिन
बिहीबार, भदौ २८, २०८०
पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।
पाल्पाको रामपुरबाट अवैध काठ नियन्त्रणमा
बुधबार, भदौ २७, २०८०
जिल्लाको रामपुुरबाट प्रहरीले अवैध सालको काठ नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले ९५.०८ क्युफिट अवधै साल जातको काठ नियन्त्रणमा लिएको हो ।
रामपुरमा गौशालिकको अनावरण
मंगलबार, भदौ २६, २०८०
जिल्लाको रामपुर नगरपालिका वडा ६ मिलनचोकमा निर्माण भएको गौशालिकको अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो ।


