सोमबारदेखि दसैंका लागि टिकट खुला, भाडा नबढ्ने
आइतबार, असोज २१, २०८०
रामपुरमा प्रहरी–नागरिक सुनुवाई, शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीलाई सुझाव
शनिबार, असोज २०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
शुक्रबार, असोज १९, २०८०
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, तेह्रथुम, सुनसरी, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट
शुक्रबार, असोज १९, २०८०
सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरु गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको, भूकम्प पीडितलाई तत्काल राहत र घाइतेहरुको उपचारमा ध्यान नदिएको, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै...
माछापुच्छ्रे बैंक २४ वर्षमा, ल्यायो नयाँ योजना
शुक्रबार, असोज १९, २०८०
माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । बैकिङ्ग क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बैंकले २४ वर्षे यात्रा तय गरेको हो । बैंकले एक औपचारिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ ।
मौसममा क्रमिक सुधार
बिहीबार, असोज १८, २०८०
मौसममा केही सुधार हुँदै गएको छ । लगातार पाँच दिनदेखि परेको झरी विहीबारदेखि भने केही सुधार हुँदै गएको हो । पाल्पासहित देशका अधिकांस स्थानको मौसम क्रमिक रुपमा सुधार हुँदै गएको छ ।
आज विश्व शिक्षक दिवस मनाइँदै
बिहीबार, असोज १८, २०८०
‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
सेन्ट कपितानियोमा रेडक्रस गठन
बुधबार, असोज १७, २०८०
तानसेनस्थित सेन्ट कपितानियो स्कुलमा नेपाल युवा जुनियर रेडक्रस सर्कल गठन भएको छ । स्कुलमा भएको विद्यार्थीहरुको भेलाले सर्कल गठन गरेको हो ।
आज विश्व पशु दिवस मनाइँदै
बुधबार, असोज १७, २०८०
आज विश्व पशु दिवस मनाइँदैछ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ ।
५.३ रेक्टरस्केलको भूकम्प
मंगलबार, असोज १६, २०८०
देशका विभिन्न ठाउँहरुमा भूकम्प आएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
विभिन्न स्थानमा एकै दिन नौ जना मृत फेला
मंगलबार, असोज १६, २०८०
देशका विभिन्न स्थानमा एकै दिन नौ जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, रूपन्देही, स्याङ्जा, नवलपरासी पूर्व, सुर्खेत, मकवानपुर, सुनसरी, काभ्रे, मोरङ लगायत जिल्लाका छुट्टाछुट्टै स्थानमा ९ जना व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
रामपुरमा वडाबाटै मालपोतको राजश्व संकलन हुने
मंगलबार, असोज १६, २०८०
जिल्लाको रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गरिने भएको छ । रामपुर नगर सरकारले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्न लागेको हो ।
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम
सोमबार, असोज १५, २०८०
सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ ।


