Shittalpati
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो तानसेन नगरपालिका–६ करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोको केही भाग डोजर लगाएर भत्काइएको छ । सडक ढलान गर्दा आफ्नो जमिन अतिक्रमण गरी बनाएको भन्दै स्थानीय कृष्ण राना मगरले केही भाग डोजरको प्रयोग गरी भत्काएका हुन् ।
बुटवलमा मिडिया सम्मेलन हुँदै
बुटवलमा मिडिया सम्मेलन हुँदै बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको  संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही ,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो । 
आज दश अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आज दश अर्बको विकास ऋणपत्र बिक्री गरिँदै आज आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुन लागेको छ । विकास ऋणपत्र २०८८ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष रहेको छ । उक्त विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ऋण उठाइदिन...
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको संक्रमण डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री लायन्स क्लव अफ पाल्पा विपनाले तानसेनस्थित बालमन्दिर प्राविका बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा गर्ने उद्देश्य २०१९ जुलाई १४ मा स्थापना भएको क्लवले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको हो ।
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ जिल्लाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्कालाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको हो ।
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड सहकारी तथा वित्तिय संस्थाका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला सहकारी संघ पाल्पाले तानसेनमा जिल्ला भित्रका प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापकहरुलाई संस्थाको सुशासन र सही व्यवस्थापनका लागि सञ्चालन गरेको अभिमूखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’ नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बैंठक हलमा प्रस्ताव गरेको एउटा एजेण्डा सुन्नासाथ केन्द्र, प्रदेश र जिल्लाका सयौं नेताहरुले तालि बजाए । बैंठक हलमा गाई गुई भयो, तर सहभागी सबैका अनुहारमा खुसी छायो । सबैले भने ‘काँग्रेस बल्ल जनताका आवाज  बोल्दै छ ।’  
ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट 
ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट  ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । 
डेंगीबाट आठ जनाको मृत्यु
डेंगीबाट आठ जनाको मृत्यु नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको  मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।  
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो ।
Weather Update