Shittalpati
नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै
नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नाग पञ्चमी आज मनाइँदै छ । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
परिवार नियोजन संघले मनायो विश्व मानवता दिवस
परिवार नियोजन संघले मनायो विश्व मानवता दिवस जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले  विश्व मानवता दिवस  मनाइएको छ ।  संघले शनिबार अन्तक्र्रियासँगै मानव सेवामा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
सबै स्थानीय सरकारले एक वर्षभित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने
सबै स्थानीय सरकारले एक वर्षभित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने सबै स्थानीय सरकारले अबको एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भएको छ । सरकारले भू–उपयोग नियमावली–२०८०  स्वीकृत गरेसँगै स्थानीय सरकारले अबको एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भएको  हो ।
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले भदौ महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 
अझै केही दिन वर्षाको सम्भावना
अझै केही दिन वर्षाको सम्भावना अझै केही दिन वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर १४ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । 
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्याप एण्ड पे’ सेवा
माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्याप एण्ड पे’ सेवा माछापुच्छ्रे बैंकले अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको छ । उसले ईएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको हो । टोकनाइजलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ ।
एमालेको अवरोधपछि संसद् स्थगित
एमालेको अवरोधपछि संसद् स्थगित लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन ।  एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो तानसेन नगरपालिका–६ करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोको केही भाग डोजर लगाएर भत्काइएको छ । सडक ढलान गर्दा आफ्नो जमिन अतिक्रमण गरी बनाएको भन्दै स्थानीय कृष्ण राना मगरले केही भाग डोजरको प्रयोग गरी भत्काएका हुन् ।
बुटवलमा मिडिया सम्मेलन हुँदै
बुटवलमा मिडिया सम्मेलन हुँदै बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको  संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही ,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो । 
Weather Update