डुबेर दाजु–भाइको मृत्यु
बुधबार, साउन २४, २०८०
एमालेको अवरोध : प्रतिनिधी सभा र राष्ट्रिय सभा बैठक स्थगित
बुधबार, साउन २४, २०८०
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गर्दै आएको छ । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले संसद् बैठक अवरोध गर्दै आएको हो ।
अझै केही दिन वर्षा हुने
बुधबार, साउन २४, २०८०
अझै केही दिन वर्षा हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं
बुधबार, साउन २४, २०८०
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू–संरक्षण दिवस मनाउने गरिन्छ ।
रामपुरलाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन
मंगलबार, साउन २३, २०८०
रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरुसँग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो ।
पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु
सोमबार, साउन २२, २०८०
डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो ।
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते
सोमबार, साउन २२, २०८०
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट खसेको ढुंगाले जिप च्यापिदा तीन जना घाइते भएका छन् । सोमबार बिहान ढुंगा खस्दा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको सिंगल क्याप पिकप बलेरो जिपलाई च्याप्दा गाडीमा सवार तीन जना घाइते भएका हुन् ।
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित
सोमबार, साउन २२, २०८०
जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुको भेला भएको छ । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाले जेष्ठ नागरिकहरु समाजका पथप्रदर्शक रहेको भन्दै उनीहरुलाई एक ठाउँमा भेला गराएको हो । भेलामा नगरभित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु सहभागी रहेका थिए ।
पाल्पामा अडानले मनायो १८ औं स्थापना दिवस
सोमबार, साउन २२, २०८०
लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले १८ औं स्थापना दिवस मनाएको छ । अडानले तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल
आइतबार, साउन २१, २०८०
नेपाली काँग्रेस पाल्पा र नेपाल प्रेस युुनियन पाल्पा शाखाबिच तानसेनमा छलफल भएको छ । नेपाली काँग्रेसका गतिविधि, पार्टी र प्रेस युनियनले खेल्नुपर्ने भूमिका लगायतका विषयमा व्यापक छलफल भएको हो ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आइतबार, साउन २१, २०८०
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् ।
अप्पर हाइड्रोको आइपीओ खुला
आइतबार, साउन २१, २०८०
अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणको लागि आइपीओ खुला गरेको हो । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन
शनिबार, साउन २०, २०८०
पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेली चेलीहरुले पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन गरेका छन् । जिल्लामा रहेका गुल्मेली चेलीहरुको शनिबार तानसेनमा भएको भेलाले गुल्मेली चेलीबेटी समुह गठन गरेको हो ।


