Shittalpati
आज गुरु नानक जयन्ती मनाइँदै
आज गुरु नानक जयन्ती मनाइँदै प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।
अर्को संविधानको नाममा युग खेर फालिदैंन : महामन्त्री थापा
अर्को संविधानको नाममा युग खेर फालिदैंन : महामन्त्री थापा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानको नाममा युग खेर नफालिने बताएका छन् । उनले काँग्रेसको नेतृत्वमा आएको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा संविधान नै फेर्ने गरी अहिले टिकाटिप्पीहरु आएको भन्दै अब अर्को संविधानको नाममा युग खेर नफालिने धारणा व्यक्त गरे ।
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको  बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्‍याएका  तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।
रेसुङ्गा विमानस्थलमा ओर्लिएका चन्द्र भण्डारी जन्मभूमिलाई ढोग्दै भावुक बने (हेर्नुहोस् भिडियो सहित)
रेसुङ्गा विमानस्थलमा ओर्लिएका चन्द्र भण्डारी जन्मभूमिलाई ढोग्दै भावुक बने (हेर्नुहोस् भिडियो सहित) नेपाली काँग्रेसका सांसद एवं प्रभावशाली नेता डा.चन्द्र भण्डारी झण्डै एक बर्षको उपचारपछि गृह जिल्ला गुल्मी फर्केका छन् । उनलाई स्वागत गर्न गुल्मीका नेताहरु  शुक्रबार रेसुङ्गा विमानस्थल पुगे ।
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला 
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला  जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८० मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते तानसेनमा सचेतना कार्यक्रम गर्दै सुरु गरिएको १२ औं कर दिवस विहीबार समापन गरिएको हो ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा  र अश्रुग्यास प्रहार गरेको छ । 
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।
Weather Update