लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
आइतबार, पुस ८, २०८०
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा
आइतबार, पुस ८, २०८०
तानसेनमा एक जोडीले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा सहयोग गरेका छन् । लायन्स क्लब अफ रानीमहल क्लब पाल्पाका कोषाध्यक्ष विष्णु पौडेल र सर्मीला पौडेलले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए तानसेनस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमका असहायका लागि न्यानो कपडा सहयोग...
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
आइतबार, पुस ८, २०८०
प्रहरीले अवैध लागूऔषधसहित रुपन्देहीका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई र सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
तानसेनमा क्रिसमसको रौनक
आइतबार, पुस ८, २०८०
पाल्पाको तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमस डे पर्वको अवसर पारेर यहाँका चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसर पारेर तानसेनमा रहेका इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्याली निकालेका छन् ।
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते
शुक्रबार, पुस ६, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति दुर्घटना भएको हो ।
पाल्पाकी गिता कुमारी तिवारी भईन् सिओटि कोट अफ द टेवलको योग्य
बिहीबार, पुस ५, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाकी गिता कुमारी तिवारी सिओटि कोट अफ द टेवलको लागि योग्य हुन सफल भएकी छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
बुधबार, पुस ४, २०८०
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
सोमबार, पुस २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, पुस २, २०८०
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो ।
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि गाउँ पस्ने
आइतबार, पुस १, २०८०
नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
आइतबार, पुस १, २०८०
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
आज विवाह पञ्चमी
आइतबार, पुस १, २०८०
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
आज राष्ट्रिय झण्डा दिवस मनाइँदै
आइतबार, पुस १, २०८०
राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको झण्डाको सम्मानमा आज छैठौं राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्वर १६ अर्थात् पुस १ गतेका लिन यो दिवस मनाउने गरिएको हो ।


