अर्थमन्त्री महतद्वारा रामपुरमा अन्धकारमुक्ती सहकारीको रजतजयन्ती स्तम्भ अनावरण
शुक्रबार, पुस २०, २०८०
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः अध्यक्ष ढकाल
शुक्रबार, पुस २०, २०८०
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्नु पर्ने बताएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकियो
बिहीबार, पुस १९, २०८०
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ । काठमाडौमा भएको बैठक सकिएको हो ।
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते
बुधबार, पुस १८, २०८०
गुल्मी ईश्मा गाउँपालिका–६ अमरपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । मंगलबार साँझा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा जलेर अमरपुरकी ६९ वर्षीया मुना महत घाइते भएकी हुन् ।
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
बुधबार, पुस १८, २०८०
न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।
आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा सहयोग
बुधबार, पुस १८, २०८०
तानसेनका एक आगलागी पीडितलाई पाल्पा ग्याँस डिलर्स संघको पहलमा आर्थिक सहयोग जुटेको छ । तानसेनको बर्तुङ्गमा होटल व्यवसायी गर्दै आएका दुर्गाबहादुर श्रेष्ठलाई संघको पहलमा आरती ग्यास उद्योग प्रालिले आर्थिक सहयोग गरेको हो ।
रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु
मंगलबार, पुस १७, २०८०
रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
लुम्बिनी प्रदेशसभा : विषयगत समितिको निर्वाचन नहुने
मंगलबार, पुस १७, २०८०
आज हुने भनिएको लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन नहुने भएको छ । निर्वाचनका लागि आवश्यक तयारी पुरा नभएकाले पुस १७ का लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । आइतबार प्रदेशसभा सचिवालयले समेत एक सूचना जारी गर्दै निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने समेत जनाएको छ ।
सरकारी वेबसाइटमा समस्या
सोमबार, पुस १६, २०८०
सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरुमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार दिनभर नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आउन सकेनन् । सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएको बताइएको छ ।
निस्दीका आगलागी पीडित परिवारलाई काँग्रेसको सहयोग
सोमबार, पुस १६, २०८०
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ (क) ले आगलागी पिडित परिवारलाई सहयोग गरेको छ । यही पुस ७ गते कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घरबार बिहिन भएका जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ्का श्याम बहादुर पल्लीको परिवारलाई काँग्रेसले खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो ।
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ पाल्पासहित देशभर दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो ।
टोपी दिवसको औचित्य
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
गुल्मी काँग्रेसले भोलि मेलमिलाप दिवस मनाउने
आइतबार, पुस १५, २०८०
नेपाली काँग्रेस गुल्मीले भोली ४८ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने भएको छ । मंसिर ९ र १० गते सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले गरेको निर्णयलाई कार्यान्यन गर्दै काँग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला भित्रका ९३ वडामा एकै दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो ।


