अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
बिहीबार, मंसिर २१, २०८०
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
बुधबार, मंसिर २०, २०८०
पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
बुधबार, मंसिर २०, २०८०
जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट एक थान भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
मंगलबार, मंसिर १९, २०८०
एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी जेठमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
मंगलबार, मंसिर १९, २०८०
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
मंगलबार, मंसिर १९, २०८०
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा मनाइयो अपाङ्गता दिवस
सोमबार, मंसिर १८, २०८०
औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु
सोमबार, मंसिर १८, २०८०
पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।
निष्क्रिय बन्दै पाल्पा पत्रकार महासंघ
आइतबार, मंसिर १७, २०८०
पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा विगत एक वर्षदेखि निष्क्रिय जस्तै भएको छ । महासंघ पेशागत संगठनहरु मध्ये जिल्लामा सक्रिय संगठनका रुपमा चिनिदै आएकोमा विगत एक वर्ष यता कुनै पनि गतिविधि नुहँदा निष्क्रिय जस्तै देखिएको हो ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
आइतबार, मंसिर १७, २०८०
आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि र तिनीहरूद्वारा नै सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्न उद्धार र पैरवीमा एकजुट हौं’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे
आइतबार, मंसिर १७, २०८०
सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ लि पाल्पाका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफुलाई अब्बल बनाउने दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
श्रीनगरडाँडामा सरसफाई तथा धार्मिक कार्यक्रम
शनिबार, मंसिर १६, २०८०
तानसेनको ऐतिहासिक एवं पर्यटकीय स्थल श्रीनगरडाँडास्थित पारिलेक बनमा सरसफाई तथा वृहत्त धार्मिक कार्यक्रम गरिएको छ ।
सिर्जनशील अपाङ्ग केन्द्र तानसेनको अध्यक्षमा पुनःभट्टराई
शनिबार, मंसिर १६, २०८०
जिल्लाको तानसेन नगरपालिका–७ काजीपौवामा रहेको सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको अध्यक्षमा सन्दीप भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले भट्टराईलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।


