रायमाझी कूलदेवता तानसेन नगर समितिद्वारा जेष्ठ नागरिक सम्मानित
आइतबार, पुस १५, २०८०
प्रेस युनियनका उपाध्यक्ष भण्डारीको संयोजकत्वमा ‘विधागत पत्रकारिता प्रवर्धन’ विभाग गठन
शनिबार, पुस १४, २०८०
पाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको हो ।
ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
उच्च अदालत, पाटनले कोरियन पानी जहाज कम्पनीको कामदारका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादनमुलक कामदार छनोटको भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।
बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।
बालकुमारीमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु
शुक्रबार, पुस १३, २०८०
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा युवकको मृत्यु भएको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन तयारी
बिहीबार, पुस १२, २०८०
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेट ९ प्रतिशत मात्रै खर्च
बिहीबार, पुस १२, २०८०
लुम्बिनी प्रदेश सरकारको हालको बजेट खर्चको अवस्थालाई हेर्दा सन्तोषजनक देखिदैन । चालु आर्थिक वर्षको ४ महिनाको अवस्थालाई हेर्दा यहाँको बजेट खर्चको अवस्था निराशजनक देखिएको हो ।
तम्घासमा खाद्यको शाखा कार्यालय
बिहीबार, पुस १२, २०८०
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ । मुल्य अनुसारको गुणस्तरीय खाद्यान्न उपयोगको सुनिश्चितताका लागि जिल्लाको रेसुङ्गा नगरपालिकास्थित तम्घासमा खाद्यको शाखा सञ्चालनमा ल्याइएको हो ।
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
मंगलबार, पुस १०, २०८०
ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा
मंगलबार, पुस १०, २०८०
सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
मंगलबार, पुस १०, २०८०
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने
सोमबार, पुस ९, २०८०
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा
सोमबार, पुस ९, २०८०
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।


