तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै
बिहीबार, कात्तिक २३, २०८०
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै
बिहीबार, कात्तिक २३, २०८०
नेकपा एकीकृत समाजवादी (एस)को पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको छ । उसले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । महाधिवेशन काठमाडौंमै हुने निश्चित भएको र त्यहीअनुसार गृहकार्य अघि बढेको पार्टी सपचवालयले जनाएको छ ।
भाग्य महिमा
बुधबार, कात्तिक २२, २०८०
कर्म र भाग्यका सन्दर्भमा मानिसहरुका बीच विवाद र बहस सताब्दीयौँ पहिलेदेखि हुँदै आएको छ ।
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते
बुधबार, कात्तिक २२, २०८०
जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।
भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु
मंगलबार, कात्तिक २१, २०८०
भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भएको छ । मंगलबार साढे एक बजेको समयमा भारतको उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रविनको पाल्पाको तिनाउ गाउँपालिका– ३ तिनाउ खोला स्थित ड्याममा डुबेर मृत्यु भएको हो ।
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त
मंगलबार, कात्तिक २१, २०८०
नेपाली काँग्रेस पाल्पाले पाल्पाका शैक्षिक, सामाजिक एवं पार्टीका अग्रज तथा पूर्व जिल्ला सदस्य मीनबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु
मंगलबार, कात्तिक २१, २०८०
रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भुुतखोलमा डुबेर मृत्यु भएको छ । मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए ।
गुल्मी मनिषा हत्या प्रकरण : बाँकेका रहिस पक्राउ [अपडेट]
सोमबार, कात्तिक २०, २०८०
जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्याका आरोपित रहिस खान पक्राउ परेका छन् ।
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा
सोमबार, कात्तिक २०, २०८०
यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत सावर्जनिक गरेको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प
सोमबार, कात्तिक २०, २०८०
पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
आइतबार, कात्तिक १९, २०८०
जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।
रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १५७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।


